लुम्बिनी प्रादेशिक अस्पताल : उपचारमा आएका बिरामी कोरोना संक्रमणको उच्च जोखिममा

लुम्बिनी प्रादेशिक अस्पताल : उपचारमा आएका बिरामी कोरोना संक्रमणको उच्च जोखिममा

कबिन्द्र नेपाल/खेमानन्द पाठक /

तपाई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको लागि आउनु भएको त छैन ? यदि हो भने तपाई कोरोना भाईरस संक्रमणको उच्च जोखिममा हुनुहुन्छ ।
अस्पताल व्यबस्थापनले महामारीको रुपमा फैलिएको कोरोना भाईरस भए/नभएको परिक्षण गर्ने ज्वरो क्लिनिक र स्वाव संकलन गर्ने स्थान अन्य थुप्रै सेवा प्रवाह भैरहेको स्थानको बिचमा राखेका कारण अन्य रोगको उपचारमा आएका बिरामीलाई कोरोना भाईरस संक्रमणको उच्च जोखिम देखिएको हो ।
अस्पताल प्रशासनले कोरोना भाईरस संक्रमण भएको आशंकामा पीसीआर परिक्षण गर्न आउने बिरामीको लागि अस्पतालको उत्तर तर्फको मुल गेटसंगै पश्चिम पट्टी ज्वरो क्लिनिक सञ्चालन गर्दै आएको छ । त्यस्तै मुल गेटसंगै पूर्वतर्फ आकस्मिक बिरामीहरुको कुरुवा बस्ने ठाउँ व्यबस्थापन गरेको छ भने त्यससंगैको कोठामा पीसीआर परिक्षण गर्नको लागि स्वाब संकलन गर्दै आईरहेको छ ।

कोरोना संक्रमणको आशंका भएकाहरु ज्वरो नाप्ने लाईनमा र मुल गेटबाट अन्य प्रकारका बिरामी समेत ओहोर दोहार गर्दै ।


त्यस्तैगरी ज्वरो क्लिनिक र स्वाव संकलन गर्ने स्थान नजिकै अस्पतालको आकस्मिक कक्ष, अस्पतालको फार्मेसी, साझा औषधी पसल सञ्चालनमा छन् । क्षयरोग, कुष्टरोग, एचआईभि भएका बिरामीलाई औषधी उपचार, त्यस्तै गर्भवती जाँच तथा नवजात शिशुलाई खोप लगाउन र ओपीडी समेतका बिरामी तथा उनका सहयोगी समेत पनि त्यही बाटो भएर ओहोर दोहोर गर्नुपर्छ ।
दैनिक सयौं बिरामी तथा उनका सहयोगी आउजाउ गर्ने ठाउँमा पीसीआर परिक्षण गर्ने व्यबस्था गर्नुले महामारीको रुपलाई अझै बढवा दिने कतिपयको विश्लेषण छ । पीसीआर परिक्षण गर्नको लागि संक्रमण नभएका व्यक्ति मात्रै आउँदैनन् । संक्रमित समेत आफू संक्रमण मुक्त भए/नभएको पत्ता लगाउन पटक–पटक परिक्षण गर्ने गरेका छन् । संक्रमित भएका व्यक्तिहरुलाई समेत त्यहा छुट्टै लाईनेको सम्म पनि व्यबस्था छैन । संक्रमणको आशंकामा आएको र संक्रमित एउटै लाईनमा बस्दा नभएका व्यक्तिलाई समेत संक्रमणको जोखिम बढी देखिएको हो ।

पीसीआर परिक्षणको लागि स्वाब दिन गएकाहरुको लाईन ।


अन्य क्षेत्रमा सामाजिक दुरी कायम गर्न र मास्क तथा सेनिटाईजरको प्रयोग गर्ने लगायतका स्वास्थ्य उपकरणको प्रयोगमा जोड दिने स्वास्थ्य संस्थामा आउने बिरामी तथा उनका सहयोगीलाई कुनै सामाजिक दुरी व्यबस्थापन गरिएको पाईँदैन । त्यस्तै मास्कको समेत सही प्रयोग भएको देखिँदैन । कोरोना संक्रमण भएका बुटवलका एक व्यक्ति पुनः परिक्षणका लागि ४ पटक पुगेको र त्यस क्रममा अस्पतालले छुट्टै लाईनको व्यबस्था नगरेका कारण सबैसंग एउटै लाईनमा बसेर स्वाव दिएको बताए । अस्पतालको मुल गेटमै ती बिरामीको लाईन हुनु भएकाले अन्य बिरामी समेत उनीहरुको संपर्कमा नआई नहुने बाध्यता छ ।
यस बिषयमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ड डा. राजेन्द्र खनालले अस्पताल भित्र ठाउँ नभएका कारण जसोतसो पीसीआर परिक्षणको सेवा प्रदान गरिएको बताउनु भयो । उहाँले भन्नुभयो–‘सेवा बन्द गर्न पनि सकिएन, बाहिरैबाट स्वाब संकलन गर्ने सोचेका थियौं, त्यो पनि भएन ।’ हाल अस्पतालमा दैनिक सरदर ७ सय जना बिरामी उपचारका लागि आउने गरेका छन् । त्यस्तै अस्पतालले सञ्चालन गरेको कोरोना परिक्षणको लागि दैनिक सरदर ३ सय जनाको स्वाव संकलन हुने पनि उहाँले जानकारी दिनुभयो ।

Share This
  • 145
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    145
    Shares