एचआईभी संक्रमित बालबालिकालाई शैक्षिक सामग्री

1.5K

एचआईभी संक्रमित बालबालिकालाई शैक्षिक सामग्री

aa vबुटवल । रुपन्देहीका ३० जना एचआईभी संक्रमित बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा जाडोको कपडा वितरण गरिएको छ । रुपन्देहीको विभिन्न स्थानमा रहेका बालबालिकाहरुलाई भैरहवामा एक कार्यक्रमको आयोजना गरि शैक्षिक सामग्री तथा जाडोको कपडा वितरण गरिएको हो । जिल्ला विकास समिति रुपन्देहीको एक लाख तथा रुपन्देहीका विभिन्न गैरसरकारी संघसंस्थाको २८ हजार गरि एक लाख २८ हजार बराबरका सामग्री संक्रमित बालबालिकालाई वितरण गरिएको नमुना एकिकृत विकास परिषद् रुपन्देहीकी अध्यक्ष ज्ञानु पौडेलले जानकारी दिईन् ।

उनका अनुसार प्रति विद्यार्थी दुई हजार नौ सय ५० बराबरको सामग्री वितरण गरिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख ऋषिप्रसाद लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, महिला विकास अधिकृत उषा रावल, जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत दुर्गा प्रसाद श्रेष्ठ, सिनपा कार्यालयका कार्यकारी प्रमुख विष्णदत्त गौतम, एफपान बुटवल शाखा प्रबन्धक मोहन बस्याल, युनाइटेड नेपाल फाउन्डेसन लुम्बिनिका कार्यक्रम संयोजक रामदयाल यादव, आशाज्योति सहयोग समुहकी अध्यक्ष सुजिता अधिकारी लगायतले एचआईभी एड्सलाई शुन्यमा लैजानका लागि सबैको सहयोग र सहकार्य हुन आवश्यक रहेको बताए ।