कोभिड बिरुद्धको अभियानमा लियो मेट्रोसिटी : तपाईको मास्क खोई ?

कोभिड बिरुद्धको अभियानमा लियो मेट्रोसिटी : तपाईको मास्क खोई ?

लियो क्लव अफ बुटवल मेट्रोसिटीले कोरोना भाईरस (कोभिड–१९) बिरुद्धको जनचेतना मुलक कार्यक्रम गरेको छ । सामाजिक काममा क्रियाशिल क्लवले कोरोना भाईरस संक्रमणबाट जोगिनको लागि आम सर्वसाधारणलाई लक्षित गरेर जनचेतनामुलक कार्यक्रम गरेको हो ।
बुटवल तथा आसपासका अध्यधिक भिडभाड हुने सरकारी कार्यालय तथा सार्वजनिक स्थलहरुमा उक्त कार्यक्रम गरिएको क्लवका सचिव मित्रजन भण्डारीले जानकारी गराउनु भयो । विश्वमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नेपालमा समुदाय स्तरमा फैलिएको र थप संक्रमण नफैलियोस भन्ने उद्देश्यले विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसारको सामाजिक दुरी कायम गर्न, मास्कको अनिवार्य प्रयोग तथा साबुन पानीले हात धुन र स्यानीटाईजरको प्रयोगलाई जोड दिईएको सचिव भण्डारीले जानकारी गराउनु भयो ।
क्लवले बढी भिडभाड हुने सरकारी कार्यालयहरु यातायात कार्यालय मणिग्राम, आन्तरिक राजश्व कार्यालय कालिकानगर, यातायात व्यबस्था (लाईसेन्स) कार्यालय बुटवल दीपनगर, बुटवल बसपार्क लगायतका स्थानमा चेतनामुलक व्यानर समेत टासिएको क्लवका अध्यक्ष मनोज गौतमले जानकारी दिनुभयो ।
क्लवको आयोजनामा बुटवल बसपार्कमा भएको कार्यक्रममा बोल्दै लियो क्लवका रिजन चियरपर्सन राजिवजंग कुवँरले महामारीबाट बच्नको लागि जनचेतना मुलक कार्यक्रम गरेर क्लवले राम्रो काम गरेको बताउनु भयो । क्लवका अध्यक्ष मनोज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सञ्जय घिमिरे, सञ्जिव सुनार रोसन पाण्डे लगायतले भनाई राख्नुभएको थियो ।

Share This
  • 63
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    63
    Shares