तिलोत्तमाको शिक्षा शाखामा ताला लगाउने नेबिसंघको प्रयासमा प्रहरी हस्तक्षप

1.2K

तिलोत्तमाको शिक्षा शाखामा ताला लगाउने नेबिसंघको प्रयासमा प्रहरी हस्तक्षप

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको शिक्षा शाखामा नेपाल बिद्यार्थीसंघले गरेको तालावन्दिको प्रयासमा प्रहरीले हस्तक्षप गरेको छ । कोरोना भाईरस (कोभिड–१९) महामारीको समयमा अनलाईन कक्षा सञ्चालन गरेको नाममा बिद्यालयहरुले बिद्यार्थीसंग शुल्क असुल गरेको बिरोधमा उत्रिएको नेपाल बिद्यार्थी संघले त्यसकै बिरोधमा तिलोत्तमा नगरपालिकाको शिक्षा शाखामा तालावन्दिको तयारी गरेको थियो ।
तिलोत्तमा नगरपालिकाले नीजि बिद्यालयहरुलाई अनलाईन कक्षा सञ्चालन गरे वापत असार देखि नै ७५ प्रतिशत सम्म शुल्क असुल गर्न अनुमति प्रदान गरेकाले त्यसको बिरोधमा नेबिसंघले शिक्षा शाखामा तालावन्दि गर्न लागेको नेबिसंघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेलले जानकारी गराउनु भयो ।


नेबिसंघको नगरपालिकाको शिक्षा शाखामा ताला लगाउने कार्यक्रम रहेको र ठूलो संख्यामा जनपथ तथा ससत्र प्रहरी परिचालन गरेर बिरोधको कार्यक्रमलाई बलपूर्वक दवाउने प्रयास भएको उहाँले बताउनु भयो । प्रहरीले हस्तक्षप गरेर शिक्षा शाखामा ताला लगाउन अवरोध गरेपनि नेबिसंघले त्यसको समेत बिरोध गर्दै शिक्षा शाखालाई शिल गरिएको नेबिसंघ राममणी बहुमुखी क्याम्पसका सभापति चिरञ्जिवी बस्यालले जानकारी दिनुभयो । त्यस्तै नेपाल बिद्यार्थी संघले नगरपालिकामा ज्ञापन पत्र समेत बुझाएको छ भने नगरपालिकाको प्रवेशद्वार अगाडी टायर बाल्नुका साथै प्रदर्शन गरिएको थियो ।