प्रदेश पाँचको आज बसेको संसद बैठक काँग्रेस सांसदहरुको बिरोधका कारण स्थगित भएको छ । संसद बैठकको सुरुमै काँग्रेस संसदीय दलका नेता बिरेन्द्र कनौडियाले प्रेदश सरकारले प्रस्ताव गरेको प्रदेशको राजधानी सम्बन्धमा सहयोग गर्न नसकिने जवाफसंगै काँग्रेस सांसदहरुले नाराजुलुश सहित संसद बैठक अवरोध गरेका थिए ।
सरकारले सहमतिको प्रयास समेत नगरि प्रदेशको राजधानी र नामाकरणको प्रस्ताव प्रदेश सभामा पेश गरेको बिरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसदहरूले रोट्रम अगाडि उभिएर नाराबाजी गरेका हुन् ।कांग्रेस सांसदहरूले राजधानी नामाकरण तथा स्थायी मुकाम सिफारिस गर्न गठित बिशेश समितिकोे प्रतिवेदन सार्वजनिक गर, गिरफ्तार नेता कार्यकर्ताहरूलाई रिहा गर लगायतका नारा लगाएका थिए ।
काँग्रेस सांसदहरुको बिरोका कारण आजै दुई बजे बस्नेगरी संसद बैठक स्थगित गरिएको सभामुख पूर्णबहादुर घर्तीले सूचना सुनाउनु भएको हो ।