नेपाल राष्ट्रिय नमुना विद्यालयको सामाजिक परिक्षण प्रतिवेदन पारित

नेपाल राष्ट्रिय नमुना विद्यालयको सामाजिक परिक्षण प्रतिवेदन पारित


कपिलवस्तु । कपिलवस्तु जिल्लाकोे शुद्धोधन गाउपालिका ४ औरहिया मुडफुटुवा स्थित नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयले सामाजिक परिक्षण सम्पन्न गरेको छ । विद्यालयले आर्थिक वर्ष २०७६÷०७७ को सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको हो । हालसम्म विद्यालयले गरेका गतिविधि र आगामी दिनमा विद्यालयले गर्ने कार्यका विषयमा सामाजिक लेखा परिक्षण गरिएको विद्यालयका प्रधानाध्यापक लालचन्द्र पाण्डेयले बताउनु भएको छ ।

विद्यालयमा सुशासन कार्य गर्न, सरोकारवालाको विद्यालय प्रति अपनत्वको विकास गर्न, विद्यालय शासनका उत्तरदायित्व अभिवृद्धि गर्न, विद्यालयको समग्र गतिविधिको समिक्षात्मक लेखा जोखा गर्न र विद्यालयको भावि कार्यदिशा पहिचान गर्नका लागि सामाजिक लेखा परिक्षण गरिएको पाण्डेयले बताउनु भयो । यसैगरि बैठकमा आगामी दिनमा विद्यालयले अगाडी बढ्नका लागि पनि सुझावहरु आएको र त्यसलाई विद्यालयले अक्षरंश पालन गरेर कार्यान्वयन गर्ने उहाँले बताउनु भयो ।

विद्यालयको शैक्षिक, भौतिक, आर्थिकको बारेका प्रकाश पार्दै आर्थिक वर्ष २०७६÷०७७ को अनुमानित २ करोड आय व्यय आर्थिक कारोवार तथा सामाजिक परिक्षणका २९ बुँदा माथि छलफल गरी उक्त प्रतिवेदन पारित गरिएको सामाजिक परिक्षण प्रतिवेदन समितीका अध्यक्ष धर्मराज अहिरले जानकारी दिनुभयो ।

साथै उहाँले विद्यालयको प्रगतीको लागि बिद्यालयको कार्य क्षेत्रका अभिभावकलाई सहयोग पुर्याउन अनुरोध गर्नु भएको थियो । शुद्धोधन गाउपालिका उपाध्यक्ष सुधादेवि पाण्डेले विद्यालयको सम्पुर्ण विकासको लागि शुद्धोधन गाउँपालिका देखि हुने हरेक किसिमको सहयोग गाउँपालिकाले गर्नेे बताउनु भएको छ । उपाध्यक्ष पाण्डेले गाउँपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष कार्यक्रम ल्याएको भन्दै शिक्षा क्षेत्रमा सुधार तथा गुणस्तारिय शिक्षाको लागि आफु तयार रहेको बताउनु भयो ।

यो वर्ष यस विद्यालय नमुना विद्यालय को रुपमा छनौट भएकोमा सवै विद्यालय परिवारलाई बधाई दिनु भएको छ । विद्यालयका प्राचार्य लालचन्द्र पाण्डेका अनुसार नेपाल राष्ट्रिय माविमा हाल कक्षा १ देखि १२ सम्म १ हजार ६ सय ५० जना विद्यार्थी अध्यानतरत रहेका छन् ।

कक्षा १ देखि ५ सम्म अग्रेजी र नेपाली दुवै माध्ययममा समेत अध्यायापन गराउदै आएको उक्त सामुदायिक विद्यालयले प्राविधिक तह तर्फ डिप्लोमा ईन सिभिल ईन्जीनियररिङ्ग र जियोमेटिक्स विषयमा समेत अध्ययापन हुदै आएको विद्यालयले जनाएको छ । विद्यालयका प्रअका अनुसार प्राविधिक तर्फ २० जिल्लाका विद्यार्थीले अध्ययन गर्दै आएका बताउनु भयो ।

साथै उहाँले प्राविधिक तह तर्फ डिप्लोमा ईन सिभिल ईन्जीनियररिङ्गमा लगातार नेपाल प्रथम भएको दावि गर्नु भएको छ । गत वर्ष ९८प्रतिशत नतिजा ल्याउन सफल भएको र यस वर्ष ९०.२४ प्रतिशत ल्याएर लगातार नेपाल प्रथम हुन सफल भएको उहाँले बताउनु भयो ।

वडा नम्बर ४ का वडा अध्यक्ष नरेश अहिरले यस विद्यालयल जिल्लाको दक्षिणी भेगमा रहेपनि जिल्लाकै अब्बल विद्यालय भएको भन्दै विद्यालयको विकाशका लागि आफु हरपल तयार रहेको बताउनु भयो ।
विद्यालय व्यावस्थापन समिति सदस्य तथा सामाजिक परिक्षण प्रतिवेदन समितीका अध्यक्ष धर्मराज अहिरको अध्यक्षतामा भएको कार्यक्रममा ओमकार आर्चायको सञ्चालन र समितिका सदस्य तथा शिक्षक राजेश चौहानको स्वागतमा सम्पन्न भएको थियो ।

Share This
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share