भैरहवा मंसिर . नमुना एकिकृत विकास परिषदले एक कार्यक्रमका विच शुक्रवार जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीलाई ५०० भायल अक्सीटोसिन औषधि हस्तान्तरण गरेको छ । भारतको अघोषित नाकावन्दिको कारण स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक औषधिको अभाव भएका कारण औषधि हस्तान्तरण गरीएको नुमुना एकिकृत विकास परिषद की अध्यक्ष ज्ञानु पौड्यालले बताउनुभयो । उहा“ले थप १५०० भायल औषधि केहि दिनमा पुन उपलव्ध गराउने पनि जानकारी दिनुभयो । सो कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख ऋृषिप्रसाद लामिछानेले रुपन्देहीमा रहेका १८ वटा बर्थिङ सेन्टरमा गर्भवति महिलाकाहरुका लागि औषधिको अभाव रहेको जानकारी गराउ“दै नमुनाले गरेको सहयोगले महिलाहरुलार्ई ठूलो टेवा पु¥याउने बताउनुभयो । साथै उहा“ले रुपन्देहीमा ८० प्रतिशत महिलाले स्वास्थ्य संस्थामै बच्चा जन्माउने गरेकाले बाल मृत्यूदर कम भएको र यसबाट थप पोत्साहन मिलेको समेत जानकारी जानकारी दिनुभयो ।