प्रदेश सभामा कांग्रेस सांसदद्वारा तोडफोड

प्रदेश सभामा कांग्रेस सांसदद्वारा तोडफोड

प्रदेश ५ को राजधानी दाङ लैजाने प्रस्तावको बिरुद्धमा आन्दोलित कांग्रेसले संसद बैठक अबरुद्ध गर्दै कुर्सी तोडफोड गरेको छ । प्रदेशको नाम र राजधानी बुटवलबाट सार्ने प्रस्ताव गरिएपछि बिरोधमा उत्रेका कांग्रेस संसदहरुले सदन अवरोध गर्ने प्रयत्न गरेकोमा सभामुख पुर्ण बहादुर घर्तीले आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद केसीलाई समय उपलब्ध गराएपछि कांग्रेस सांसदहरूतोडफोडमा उत्रेका हुन ।

सभामुखले विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्ची तोडफोड गरेका छन् । तोडफोडकै बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानीसम्बन्धी प्रस्ताव पेश गरेका छन् ।

Share This
  • 20
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    20
    Shares