राजनीतिक पूर्वाग्रही निर्णय सच्याउन काँग्रेसको माग

1.3K

राजनीतिक पूर्वाग्रही निर्णय सच्याउन काँग्रेसको माग

सिनियरलाई लत्याएर जुनियरलाई स्वास्थ्य शाखाको जिम्मेवारी दिने तयारी गरेको पाल्पाको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसी र उपाध्यक्ष लक्ष्मी खनाललाई नेपाली काँग्रेसले ध्यानाकषर्ण गराएको छ ।
नेपाली काँग्रेसले नियम विपरित राजनीतिक पूर्वाग्रह राखेर गरिएको उक्त निर्णय तत्काल सच्याउन आग्रह गरेको हो । नेपाली काँग्रेस रिब्दीकोट गाउँपालिकाका सभापति रामचन्द्र पाण्डे, गाउँपालिकाका अध्यक्षका उम्मेदवार गोबिन्दबहादुर आचार्य, सचिव ईन्द्र पाण्डे र स्थानीय तथा नेपाल बिद्यार्थी संघ पाल्पाका सचिव दिपक पाण्डेको टोलीले गाउँपालिका अध्यक्ष जिसी र उपाध्यक्ष खनाललाई भेटघाट गरि त्यस बिषयमा ध्यानाकर्षण गराईएको सचिव ईन्द्र पाण्डेले जानकारी दिनुभयो ।
राजनीतिक पूर्वाग्रह राखेर निर्णय गर्दा त्यसले नराम्रो सन्देश पनि जाने र कर्मचारीको काम गर्ने मनोवल पनि कमजोर हुँदा उनीहरुको कार्यसम्पादन क्षमता पनि गिर्ने भएकाले गलत निर्णयलाई तत्काल सच्याउन आग्रह गरिएको उहाँले जानकारी गराउनु भयो ।
पाल्पाको रिब्दीकोट गाउँपालिकाले स्वास्थ्य शाखामा कार्यरत छैठौं तहका जनस्वास्थ्य निरिक्षक बिष्णु खनालाई हटाएर गाउँपालिकामै उपसंयोजकको जिम्मेवारीमा रहेका पाँचौं तहका हेल्थ असिस्टेन्ट सुनिल अधिकारीलाई प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको थियो । नेपाली काँग्रेसको टोलीले उक्त निर्णय नसच्याए कडा आन्दोलन गर्ने समेत चेतावनी दिईएको र निर्णय नसच्याएर चरणवद्ध आन्दोलनको तयारी गरिएको सचिव पाण्डेले बताउनु भयो ।
त्यस क्रममा गाउँपालिका अध्यक्ष जिसीले रिनियरलाई हटाएको नभई जिम्मेवारी बाँडफाँड मात्रै गरिएको बताउनु भएको थियो । तर नेपाली काँग्रेसले भने कर्मचारीको मनोवल गिर्नेगरी भएको उक्त निर्णय कुनैपनि हातलमा सच्याउनु पर्ने बताएको छ ।