आईतबार आकस्मिक र कोभिड बाहेकका सेवा बहिस्कार गर्ने चिकित्सक संघको निर्णय

आईतबार आकस्मिक र कोभिड बाहेकका सेवा बहिस्कार गर्ने चिकित्सक संघको निर्णय

नेपाल चिकित्सक संघले आईतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालमा आकस्मिक तथा कोरोना भाईरससंग सम्बन्धित बाहेकका सेवा बहिस्कार गर्ने घोषणा गरेको छ । १९ औं पटकको आमरण अनसरनमा रहेका डा. गोबिन्द केसीको जीवन रक्षाको निम्ति सरकार गम्भिर नभएको भन्दै चिकित्सक संघले आकस्मिक तथा कोभिड बाहेकका सबै सेवा बहिस्कार गर्ने घोषणा गरेको हो ।
चिकित्सा शिक्षा सुधारको माग सहित १९ औं पटक अनसनमा बसेका सत्याग्रही डा. गोबिन्द्र केसीको सत्याग्रह आज शनिबार २७ दिन पुगेको छ । संघले सरकारले डा. केसीसंगको वार्तालाई समेत सिमित गराएको आईतबारसम्म पनि सत्याग्रह अन्त्य नभए कडा आन्दोलनका कार्यक्रम गर्ने चिकित्सक संघको चेतावनी छ ।
चिकित्सक सघका अध्यक्ष डा. केसीको तर्फबाट बनेको वार्ता टोलीमा समेत हुनुहन्छ । गत भदौ २९ गतेदेखि अनसनरत डा. केसीसंग २४ औं दिनमा मात्रै सरकारले वार्ता टोली बनाएको र बिहिबार र शुक्रबार वर्ता भएपनि सहमति जुट्न सकेको छैन ।

Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares