थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि : मृत्यु हुनेको संख्या ६३६ पुग्यो

368

थप २ हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि : मृत्यु हुनेको संख्या ६३६ पुग्यो

आईतबार थप २ हजार ७१ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ४२७ जनाको नमुना परिक्षण गर्दा १ हजार २६९ जना पुरुष र ७०२ जना महिलामा कोरोना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना भाईरस संक्रमितको संख्या १ लाख ७ हजार ७५५ पुगेको छ । उनीहरु मध्ये ६३६ जनाको मृत्यु भएको छ । आईतबार मात्रै मृत्यु हुनेको संख्या १२ थपिएको हो । हालसम्म कोरोना भाईरस संक्रमण भएका मध्ये ७५ हजार ८०४ जना संक्रमण मुक्त भएका छन् भने देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १ हजार ४१६ संक्रमित थपिएका छन् । त्यसमध्ये १ हजार १४५ जना काठमाडौं, १६१ जना ललितपुर र ११० जना भक्तपुरका हुन् । त्यस्तैगरी बर्दियामा १०४, रुपन्देहीमा ९८, बाग्लुङ र कैलालीमा ३६/३६ जना, अर्घाखाँचीमा ३४, दाङमा ३२, सप्तरीमा २८, नुवाकोटमा २५, कास्कीमा २४, गोरखा र बाँकेमा २०/२०, कञ्चनपुरमा १७, महोत्तरी र नवलपरासीमा १३/१३ जना, उदयपुरमा १२, बाराका ११ तथा कपिलवस्तु र डोटीमा १०/१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
लमजुङ, दैलेख र रुकुम पश्चिममा ९/९ जना, सिराहामा ७, धादिङमा ६, मकवानपुरमा ५, रौतहट, काभ्रे, रामेछाप, सिन्धुपाल्चोक र गुल्मीमा ४/४, मोरङ, सर्लाही, चितवन, दोलखा, नवलपुर, प्युठान र डोल्पामा ३/३ जना, धनुषा, स्याङ्जा, पाल्पा, रुकुम पूर्व, कालीकोट, सल्यान, सुर्खेत र बैतडीमा २/२ जना तथा ओखलढुंगा, झापा, सोलखुम्बु, पर्सा, तनहुँ, पर्वत, रोल्पा, जुम्ला, अछाम र दार्चुलामा १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।