नेपाल राष्ट्र बैंकले नयाँ नोट नसाट्ने

नेपाल राष्ट्र बैंकले नयाँ नोट नसाट्ने

नेपाल राष्ट्र बैंकले यो वर्ष नयाँ नोट नसाट्ने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण नेपालमा पनि बढ्दै गएपछि नेपाल राष्ट्र बैंक नयाँ नोट नसाट्ने निर्णयमा पुगेको हो । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले आइतबार सूचना प्रकाशित गरि यो वर्षको दशैंमा नयाँ नोट नसाटिने जानकारी गराउँदै यसले सर्वसाधारणमा परेको असुविधा प्रति क्षमा मागेको छ ।
नेपाल राष्ट्र बैंकले बडा दशैंको मुखमा सर्वसाधारणको लागि साना दरका नयाँ नोट सटही गर्दै आएको थियो । नेपालीहरुको ठूलो पर्व दशैं संघारमा आईपुग्दा कोरोना भाईरसको संक्रमण तिब्र रुपमा बढेकाले यो वर्ष नयाँ नोट वितरण नगर्ने बैंकले प्रष्ट पारेको छ । बैंक तथा बित्तिय संस्थाका कर्मचारीमा समेत कोरोना संक्रमण बढेको र नयाँ नोट सटही गर्दा भिडभाड पनि बढ्ने र यसको संक्रमण अझै बढ्ने भएकाले कुनै पनि शाखाबाट नयाँ नोट वितरण नहुने नेपाल राष्ट्र बैंकले प्रष्ट पारेको छ ।

Share This
  • 23
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares