पाल्पाको रिब्दीकोटमा आयुर्वेद र स्वस्थ जीवनशैली सम्बन्धि अभिमुखीकरण

पाल्पाको रिब्दीकोटमा आयुर्वेद र स्वस्थ जीवनशैली सम्बन्धि अभिमुखीकरण

पाल्पाको रिब्दीकोट गाउँपालिकामा आयुर्वेद र स्वस्थ जीवनशैली सम्बन्धि अभिमुखीकरण गरिएको छ । रिब्दीकोट गाउँपालिका पालुङमैनादी आयुर्वेद औषधालयको आयोजनामा कार्यपालिकाका पदाधिकारी, शाखा प्रमुख, कर्मचारी तथा समाजसेवीहरुलाई बुधबार आयुर्वेद र स्वस्थ जीवन शैलीको बारेमा अभिमुखकीरण गरिएको हो ।
स्वस्थ जीवन शैली र त्यसमा आयुर्वेदको महत्वको बारेमा जानकारी गराउने उद्देश्यले गाउँपालिकाको सभाहलमा आयोजना गरिएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसी, उपाध्यक्ष लक्ष्मी खनाल, गाउँपालिकाका प्रशासकीय प्रमखु प्रेमचन्द्र अर्याल, लुम्बिनी प्रदेश सामाजिक बिकास मन्त्रालयका आयुर्वेद विज्ञ डा. पुष्पराज पौडेल, नेपाल संस्कृत विश्वबिद्यालयका उपप्राध्यापक डा. मदन भण्डारी, पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. सभ्यता पन्थी, रिब्दीकोट गाउँपालिकाका वडाध्यक्ष, कार्यपालिका सदस्य तथा समाजसेवीहरुको सहभागिता रहेको थियो ।
त्यस अवसरमा पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख डा. सभ्यता पन्थीले आयुर्वेद स्वास्थ्य सेवाका संरचना सहित प्राप्त हुने सेवाहरुको बारेमा जानकारी गराउनु भएको थियो । त्यस्तै नेपाल संस्कृत विश्वबिद्यालयका उपप्राध्यापक डा. मदन भण्डारीले योगको परिचय, योग र आयुर्वेदको सम्वन्ध, योग गर्ने विधी, योग आसन–प्राणायामका फाइदा, सावधानी लगायतका बारेमा प्रशिक्षण गर्नुभएको थियो ।
पालुङमैनादी आयुर्वेद औषधालयका प्रमुख डा. रोमहर्ष नेपालले योग आसन–सुर्य नमस्कार, लुम्बिनी प्रदेश सामाजिक बिकास मन्त्रालयका आयुर्वेद विज्ञ डा. पुष्पराज पौडेलले स्वस्थ जीवन शैली, दिनचर्या, स्वस्थवृत लगायतका विविध विषयमा सहजीकरण गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले यस्ता कार्यक्रमका लागि गाउपालिका सधै सकारात्मक रहेको बताउनु भयो । उहाँले स्वस्थ जीवनशैली सम्बन्धि ब्रोसर, बुकलेट लगायतका पाठ्यसामाग्री तयार गरि वितरण गर्न सकिए अझै प्रभावकारी हुन सक्ने समेत धारणा राख्नुभयो ।
त्यस्तै उपाध्यक्ष लक्ष्मी खनालले यो कार्यक्रमलाई वडा वडामा लैजाने बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले कार्यक्रममा सिकेका कुरालाई दैनिक जीवनमा उतार्न सकेमात्रै कार्यक्रमको सार्थकता हुने बताउनु भएको थियो ।
यस्तो कार्यक्रम पाल्पा जिल्लामा सम्भवत पहिलो भएको पालुङमैनादी आयुर्वेद औषधालयका प्रमुख डा. रोमहर्ष नेपालले बताउनु भयो । यस्तो कार्यक्रम फलदायी हुने सहभागिहरुले बताएका थिए ।

Share This
  • 321
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    321
    Shares