रुपन्देहीको ओमसतीयामा स्वयमसेवी रक्तदाता समाज गठन

रुपन्देहीको ओमसतीयामा स्वयमसेवी रक्तदाता समाज गठन

रुपन्देहीको ओमसतीया गाउँपालिकामा नेपाल स्वयमसेवी रक्तदाता समाज गठन गरिएको छ । नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देही शाखा अन्तरगत ओमसतीया समिति गठन गरिएको हो ।
जिल्ला शाखाका उपाध्यक्ष भिष्म केसीको बिशेष पहलमा गिरिजा शाही ठकुरीको अध्यक्षतामा ओमसतीया समिति गठन गरिएको नेपाल स्वयमसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले जानकारी दिनुभयो ।
त्यसैअवसरमा ओमसतीयामै रक्तदान तथा शुभकामना आदान प्रदान कार्यक्रम समेत गरिएको छ । रक्तसञ्चार सेवा केन्द्र भैरहवाको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए ।
कार्यक्रममा बोल्दै ओमसतीया गाउँपालिका वडा नं. १ का अध्यक्ष बेलबहादुर बरालले रक्तदान जीवन दान भएको रक्तदानको लागि गठन गरिएको संस्थालाई सबै प्रकारको सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै शाखा गठनसंगै रगतको अभाव नहुनेगरी काम गर्न आग्रह गर्दै रक्त सञ्चार सेवा केन्द्र भैरहवाका ईञ्चार्ज केयरसिंह गाहाले अवका दिनमा त्यस क्षेत्रमा रगतको अभाव नहुने विश्वास समेत व्यक्त गर्नुभयो । नवगठित संस्थाका अध्यक्ष शाहीले रगतको अभाव सिर्जना हुन नदिनेगरी संस्थाले नियमित रक्तदानको कार्यक्रम बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

Share This
  • 86
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    86
    Shares