समस्या गहिरिदै जादा नेपाली नेताहरु दिल्लीको शरणमा कमल थापा आए, बाबुराम गए,मधेसी मोर्चाका नेताहरू जाँदै

663

समस्या गहिरिदै जादा नेपाली नेताहरु दिल्लीको शरणमा कमल थापा आए, बाबुराम गए,मधेसी मोर्चाका नेताहरू जाँदै

i

काठमाडौं, मंसिर१८/उप प्रधानमन्त्री कमल थापा फर्के लगत्तै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई शुकरवार अपराहन्न भारत प्रस्थान गरेका छन् l  दिउँसो २:४० बजे जेट एयरवेजमार्फत उनी मुम्बई उडेको भट्टराईका सहयोगी विश्वदिप पाण्डेले फेसबुकमा लेखेका छन् lउनका अनुसार भट्टराईले मुम्बईमा शनिवार विश्व बैंकले आयोजना गर्ने नेपाल-भारत आर्थिक सम्वन्ध विषयक कार्यक्रममा सहभागी हुनेछन l भट्टराई आइतवार काठमाडौं फर्कनेछन lत्यसैगरी अान्दोलनरत मधेसी मोर्चाका शीर्ष नेताहरू पनि अाइतबार दिल्ली जाने भएका छन्। उच्च स्रोतका अनुसार मोर्चाका नेताहरूको भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग बैठक तय भएको छ।  त्यस्तै मोर्चा नेताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभल तथा विभिन्न राजनीितक दलका नेताहरू सँग पनि भेट गर्ने छन्। मोदीसँगको भेटबारे भने अहिलेसम्म तय भएको छैन।शुकरवार तीन दल र मधेसी मोर्चाबीच हुने भनिएको वार्ता हुन सकेन।  मोर्चाका नेताहरू भारतीय दूतावास लैनचौरमा भारतीय राजदूत रन्जित रेसँग भेट गरिरहेका छन्।