कोरोना संक्रमितको उपचारबाट सरकारले हात झिक्यो : अब आफ्नै खर्चमा उपचार गर्नुपर्ने

826

कोरोना संक्रमितको उपचारबाट सरकारले हात झिक्यो : अब आफ्नै खर्चमा उपचार गर्नुपर्ने

कोरोना भाईरस (कोभिड–१९) संक्रमण भएका व्यक्तिको उपचारबाट सरकारले हात झिेको छ । आज (कात्तिक २) देखि नै लागुहुने गरी सरकारले कोरोना भाईरस भएनभएको परिक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।
त्यस्तैगरी उनीहरुले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिनेछ । त्यसबाहेक अन्य व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको उहाँले बताउनु भयो ।