संक्रमितको उपचारबाट हात उठाएपछि सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना

870

संक्रमितको उपचारबाट हात उठाएपछि सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना

कोरोना संक्रमितको उपचारबाट हात झिकेपछि सरकारको सर्बत्र आलोचना भएको छ । संविधानमै मौलिक हकको रुपमा व्यबस्था गरिएको जनताको स्वास्थ्य सुरक्षाको दायित्वबाट पन्छिनेगरी सरकारले निर्णय लिएपछि उक्त निर्णयको सर्बत्र आलोचना भएको हो ।
विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) संक्रमण भएका व्यक्तिले पीसीआर परिक्षण तथा उपचार समेत आफ्नै खर्चमा गर्नुपर्ने निर्णय गरेको थियो । सरकारको उक्त निर्णय आईतबारदेखि नै लागु हुने समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनु भएको थियो ।
सरकारको उक्त निर्णय बाहिर आउन नपाउँदै त्यसको सर्वत्र बिरोध भएको हो । सामाजिक सञ्जालमा सरकार हुनु र नहुनुको कुनै औचित्य नभएको समेत बताउन थालेका छन् । उनीहरुले अव सरकारको काम कोरोना भाईरस संक्रमण भएका व्यक्ति र त्यसकै कारण मृत्युवरण गरेकाहरुको गणना गर्ने मात्रै काम बाँकी राखेको समेत कतिपयले उल्लेख गरेका छन् ।
सरकारको उक्त निर्णय बिरुद्ध सामाजिक सञ्जाल फेसबुकमा आएका प्रतिनीधिमुलक स्टाटसहरुलाई हामीले जस्ताको तस्तै प्रस्तुत गरेका छौं ।