थप ३,७९० जनामा कोरोना संक्रमण पुष्टि, काठमाण्डौ उपत्यकाका मात्रै २,३८८ जना

290

थप ३,७९० जनामा कोरोना संक्रमण पुष्टि, काठमाण्डौ उपत्यकाका मात्रै २,३८८ जना

सोमबार थप ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएका उनीहरु मध्ये २ हजार ३८८ जना काठमाण्डौ उपत्यकाका हुन् । पछिल्लो २४ घण्टामा देशभर १५ हजार ७१४ जनाको नमुना परिक्षण गरिएको थियो ।
योसंगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ३६ हजार ३६ पुगेको छ । कोरोना भाईरस संक्रमणकै कारण पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या ७५७ पुगेको छ ।