बुटवल । नेपालमा पछिललो २४ घण्टामा कोरोना भाइरसका कारण थप १४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८ सय ७६ पुगेको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ८७६ पुगेको छ ।
नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या २ हजार ९३२ रहेको छ । काठमाडौं उपत्यकामा आज थप ९७ जना महिला र १५५ जना पुरुष गरि कुल २५२ जना संक्रमित थपिएका छन् । त्यस्तै होम आइसोलेसनमा रहनेको संख्या ३२ हजार ४६४ रहेको छ भने भेन्टिलेटरमा ७१ जना उपचाररत छन् ।