राजसंस्था पुनःस्थापनाको माग गर्दै सोमबार बुटवलमा मोटरसाईकल ¥याली प्रदर्शन गरिएको छ । देश र श्रीपेचको रक्षाको लागि भन्दै बिर गोरखाली अभियानले बुटवल सहित तिलोत्तमा नगरपालिकाका बिभिन्न स्थानमा मोटरसाईलक ¥याली प्रदर्शन गरेको हो ।
तिलोत्तमा नगरपालिकाको मणिग्रामबाट सुरु भएको ¥यालीमा प्रदर्शनकारीले राष्ट्रिय झण्डा सहित पूर्व राजा–रानी (ज्ञानेन्द्र र कोमल शाह)को तस्वीर अंकित टिसर्ट लगाएका थिए । तिलोत्तमाको मणिग्रामबाट सुरु गरिएको मोटरसाईकल ¥याली राजमार्ग हुँदै ट्राफिकचोक पुगेर सकिएको थियो । ¥यालीमा सहभागिले ‘राजा आउ, देश बचाउ’ लगायतका नारा लगाएका थिए ।
¥यालीमा २ हजार मोटरसाईकल सहभागि भएको आयोजक समितिका सल्लाहकार शक्ति सापकोटाले जानकारी दिनुभयो । राजसंस्थाको अन्त्यपछि रुपन्देही जिल्लामा भएको राजावादीहरुको प्रदर्शन अहिलेसम्मकै ठूलो रहेको प्रत्यक्षदर्शीले विश्लेषण गरेका छन् । ¥याली पछि ट्राफिकचोकमा आयोजना गरिएको कोण सभामा कार्यक्रम संयोजक बसन्तविक्रम पाण्डे, रुपन्देही संयोजक प्रवीन थापा, डिल्लीराज खनाल लगायतले राष्ट्रिय एकता र स्थिरताका लागि राजसंस्था र हिन्दू राष्ट्र पुनः स्थापना आवश्यक रहेको बताउनु भएको थियो ।

राजसंस्था पुनःस्थापनाको लागि देशव्यापी रुपमा अभियान सञ्चालन गर्ने बताउँदै उनीहरुले दलको नेतृत्व असफल भएकोले राष्ट्रियताको रक्षा र भ्रष्टाचार निवाहरणका लागि पनि राजसंस्था पुनस्थापना अनिवार्य रहेको बताएका थिए ।


