नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ९३३ जनामा कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ४४६ नमुना परिक्षण गर्दा १ हजार १७६ महिला तथा १ हजार ७५७ जना पुरुषमा कोरोना भाईरस संक्रमण पुष्टि भएको हो ।
यो संगै नेपालमा कोरोना भाईरस संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ । हालसम्म नेपालमा १४ लाख ६९ हजार ८१२ जनाको नमुना परिक्षण गरिएको छ । मन्त्रालयका अनुसार नेपालमा १ लाख ३७ हजार ९९२ जना संक्रमण मुक्त भईसकेका छन् । हाल नेपालमा ३७ हजार ५२४ जना सक्रिय संक्रमित छन् ।
त्यस्तै कोरोना भाईरस संक्रमणका कारण विश्वमा १२ लाख ०६ हजार ७३८ जनाको ज्यान गएको छ । हालसम्म विश्वमा ४ करोड ६९ लाख ३१ हजार २७० जनामा कोरोना भाईरस संक्रमण भएको छ । त्यसमध्ये ३ करोड ३८ लाख ४ हजार ७८५ जनालाई निको भईसकेको छ ।