कोरोना संक्रमितको निशुल्क उपचारका लागि स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने

610

कोरोना संक्रमितको निशुल्क उपचारका लागि स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने

कोरोना भाईरस संक्रमितको उपचार निशुल्क गर्न दिएको सर्बोच्चको परमादेश पुनरावलोकन निवेदन अस्वीकृत भएपछि संक्रमितको निशुल्क उपचारको लागि स्वास्थ्य मन्त्रालयले मन्त्रिपरिषदमा प्रस्ताव लैजाने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्बोच्चको निर्णय अनुसार नै सरकारको निर्णय सच्याउनको लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजान लागेको हो ।
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको शुक्रबार (आज)को बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले सर्वोच्चको निर्णय प्राप्त भएपछि कोरोना संक्रमितको निःशुल्क उपचार गराउनेबारे मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने जानकारी गराउनु भएको हो । मन्त्रिपरिषद्को बैठकले नै कोरोना उपचारमा लाग्ने खर्च स्वयं संक्रमितबाट असुल्नुपर्ने निर्णय गरेकाले सच्याउनका लागि पनि मन्त्रिपरिषद्मै जानुपर्ने सचिव अर्यालले बताउनु भएको हो ।
संक्रमित स्यम्ले नै पीसीआर परिक्षण तथा उपचारको खर्च व्यहोर्नुपर्ने मन्त्रीपरिषदले निर्णय गरेलगत्रै कोरोना संक्रमितबाट उपचार खर्च लिन सरकारले अस्पतालहरूलाई सर्कुलर जारी गरेको थियो । त्यसपछि अधिवक्ताहरू केशरजंग केसी र लोकेन्द्र ओलीले सर्बोच्चमा रिट दायर गर्नुभएको थियो । सरकारको निर्णय बिरुद्ध सर्बोचचले गत असोज १५ गते दै सक्रमितको उपचार निशुल्क गराउन आदेश दिएको थियो ।
सर्बोच्चको आदेश पालना गर्नुको साटो सरकारले उक्त आदेश खारेजीको माग गर्दै सर्बोच्चमा निवेदन दिएको थियो । उक्त निवेदन समेत सर्बोच्चले अस्वीकृत गरेपछि सरकार संक्रमितको उपचारमा बाध्य भएको हो ।