कोरोना भाईरस (कोभिड–१९)को कारण हालसम्म रुपन्देहीमा ८१ जनाको मृत्यु भएको छ । सोमबार मात्रै थप दुई जनाको मृत्यु भएपछि जिल्लामा कोरोना भाईरस संक्रमणको कारण मृत्यु हुनेको संख्या ८१ पुगेको हो ।
सोमबार बिहान बुटवल धागो कारखाना स्थित कोरोना बिशेष अस्थायी अस्पतालमा एक जना पुरुषको र भैरहवाको भिम अस्पतालमा एक जना महिलाको मृत्यु भएको थियो ।