आज थपिए १६ सय भन्दा धेरै कोरोना संक्रमित, २३ सय बढी संक्रमण मुक्त

607

आज थपिए १६ सय भन्दा धेरै कोरोना संक्रमित, २३ सय बढी संक्रमण मुक्त

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार ३०५ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ हजार ३२३ रहेको छ ।

योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ९३ हजार ३२५ पुगेको छ। हाल नेपालमा सक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको छ ।

अहिलेसम्म नेपालमा १६ लाख ५२ हजार ४३ वटा पीसीआर नमूना परीक्षण भएका छन् । नेपालमा क्वारेन्टाइनमा रहनेको संख्या ७५७ रहेको छ ।