गुल्मीको इस्मामा जीप दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । सोही दुर्घटनामा परि अन्य तीन जना घाईते भएका छन् । त्यसमध्ये २ जनाको अवस्था गम्भिर रहेको बताईएको छ ।
इस्मा गाउँपालिका वडा नं. ४ को हुल भन्ने स्थानमा इस्माबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप दुर्घटना हुँदा जीपमा सवार इस्मा गाउँपालिका–४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धनबहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० वर्षीया सुन्दरी थापाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
त्यस्तैगरी दुर्घटनामा परि जीपमै सवार गाउँपालिका–४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीया सरस्वती दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् । उनीहरुलाई उपचारको लागि गुल्मी जिल्ला अस्पताल लगिएको छ ।
जीप सडकबाट करिव ४ सय मिटर तल खसेको थियो । जीपमा चालक सहित ९ जना रहेको पनि प्रहरीले जनाएको छ । जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।