नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

1.5K

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

नेपाल उद्योग बाणिज्य महासंघको आगामी तीन वर्षे कार्यकालको लागि भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित हुनु भएको छ । शनिबार भएको निर्वाचनमा ढकाल ५४.२४ प्रतिशत मत सहित उरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनु भएको हो । उहाँका प्रतिद्वन्द्वी किशोर प्रधानले ४५.२६ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।
महासंघमा वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष बन्ने बिधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत अध्यक्ष बन्नुभएको छ । महासंघमा १९ औं अध्यक्षका रुपमा गोल्छाले एक कार्यकाल नेतृत्व गर्नुहुने छ ।
वरिष्ठ उपाध्यक्षमा निर्वाचित ढकालले ३० प्रतिशत मतभार रहेको एशोसियट तर्फ ५२२ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै २० प्रतिशत मतभार रहेको बस्तुगतमा ५९ मत र ५० प्रतिशत मतभार रहेको जिल्ला–नगर तर्फ ५२ मत प्राप्त गर्नुभएको थियो भने प्रधानले ३० प्रतिशत मतभार रहेको एशोसियटमा ३७५ मत, २० प्रतिशत मतभार रहेको बस्तुगतमा ३९ र ५० प्रतिशत मतभार रहेको जिल्ला नगरमा ५३ मत प्राप्त गर्नुभएको थियो ।
शनिबार राती प्राप्त मत परिणाम अनुसार महासंघको बस्तुगत तर्फको उपाध्यक्ष पदमा प्रधान प्यानलका अञ्जन श्रेष्ठ, जिल्ला नगरतर्फ पनि प्रधान प्यानलकै दिनेश श्रेष्ठ र एशोसियट तर्फ भने ढकाल प्यानलका रामचन्द्र संघई निर्वाचित हुनु भएको छ ।