लायन्स क्लव अफ बुटवलद्वारा बिद्यार्थीलाई स्वास्थ्य सुरक्षा सामाग्रि प्रादान

884

लायन्स क्लव अफ बुटवलद्वारा बिद्यार्थीलाई स्वास्थ्य सुरक्षा सामाग्रि प्रादान

कोरोना भाईरस महामारीसंग जोधिरहेका बिद्यालयका बिद्यार्थीलाई लायन्स क्लव अफ बुटवलले व्यक्तिगत सुरक्षा सामाग्रिह प्रदान गरेको छ । लायन्स क्लव अफ बुटवलले आईतबार बुटवलको लक्ष्मी माध्यमिक बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीका लागि व्यक्तिगत स्वास्थ्य सुरक्षा सामाग्रि प्रदान गरेको हो ।
क्लवले उक्त बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीको लागि १ हजार पिस मास्क, १२५ पिस फेस सेभ, १०० जोर पञ्जा र पाँच पाँच लिटर सेनिटाईजर र हात धुने साबुन (लिक्वीड सोप) प्रदान गरिएको क्लवका अध्यक्ष सञ्जय कलवार जयसवालले जानकारी गराउनु भयो ।


उक्त सामाग्रि हस्तान्तरण गर्दै क्लवका अध्यक्ष जयसवालले कोरोना भाईरस संक्रमण महामारीको समयमा बिद्यालयमा जान समेत जोखिम भएको र त्यसलाई केही हदसम्म भएपनि सहज बनाउनको लागि बिद्यार्थी लक्षित कार्यक्रम गरिएको जानकारी गराउनु भयो ।
त्यस अवसरमा बिद्यालय व्यबस्थापन समितिकी अध्यक्ष मना शाहीले क्लवले गरेको सहयोग प्रति आभार व्यक्त गर्दै कोरोना भाईरस महामारीका कारण अझै पनि बिद्यालय सञ्चालन गर्न समस्या भएको बताउनु भयो । उहाँले बिद्यालय सञ्चालन गरे जोखिम कायमै रहेको र नगरे बिद्यार्थीको भविश्य अन्यौलमा परेको बताउनु भएको हो ।
कार्यक्रममा लायन्स क्लवका महेशप्रसाद श्रेष्ठ, बिद्यालयका प्रधानाध्यापक शिवप्रसाद अर्याल, शिक्षक डिल्लीप्रसाद शर्मा लगायतले भनाई राख्नुभएको थियो ।