नेपाल जेसीजको अध्यक्षमा फराकिलो मतअन्तर सहित अरुणेश्वर खनाल निर्वाचित हुनु भएको छ । रुपन्देहीको भलवारी जेसीजको आतिथ्यतामा सम्पन्न नेपाल जेसीजको ४७ औं राष्ट्रिय महाधिवेशनबाट ५८७ मत अन्तर सहित बिसहजार जेसीज चितवनका खनाल आगामी एक वर्षे कार्यकालको लागि निर्वाचित हुनु भएको हो ।निर्वाचित खनालले १ हजार ९० मत प्राप्त गर्नुभएको थियो भने निकटतम प्रतिद्वन्दी लालमणी भण्डारीले ५१२ मत प्राप्त गर्नुभएको थियो ।

जेसीज वर्ष २०२१ को लागि अध्यक्षको दौडमा सात जनाले उम्मेदवारी दिएपनि ५ जनाले उम्मेदवारी फिर्ता गरेका थिए । नेपाल जेसीजको कार्यकारिणी उपाध्यक्षमा सुमनकृष्ण श्रेष्ठ (१००३), अरूण कुमार दाहाल (९९९), भोजराज चापागाईं (९४८), शिवप्रसाद भुसाल (६७८) मत सहित विजयी हुनु भएको छ ।
त्यस्तै १२ राष्ट्रिय उपाध्यक्ष पदमा रजनी थापा (१२३६), कल्पना पाण्डे कुसुम (१०३०), सुनिल तिमल्सिना (८१८), बिमल ज्ञवाली (७६७), बिमला सुवेदी कार्की (७६४), प्रमिशा काफ्ले (७२०), सुजन बरूवाल (७१८) राजन गौतम (७०१), पायल शर्मा (६७३), दिपेन्द्र निरौला (६१२), अनोज जोशी (६०२) र गौतम शाहा (५९०) विजयी हुनु भएको छ ।

गत बुधबारदेखि रुपन्देहीको भलवारीमा सम्पन्न राष्ट्रिय महाधिवेशनमा नेपालभरका जेसीज शाखाका झण्डै २ हजार प्रतिनीधि सहभागि भएका थिए । त्यस्तै १७ पदको लागि ४८ जनाले उम्मेदवारी दिएका थिए ।