बागमतीका तीन मन्त्रीले दिए राजीनामा : मुख्यमन्त्री पौडेल बिरुद्ध अविश्वास प्रस्ताव

1.3K

बागमतीका तीन मन्त्रीले दिए राजीनामा : मुख्यमन्त्री पौडेल बिरुद्ध अविश्वास प्रस्ताव

बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाल कम्युनिष्ट पार्टीबाट मुख्यमन्त्री बनेका पौडेलको बिरुद्ध शुक्रबार बागमती प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको हो ।
मुख्यमन्त्री पौडेल बिरुद्ध नेकपाका पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समुहका ४५ जना सांसदले प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । शालिकराम जम्मरकट्टेल प्रस्तावक र अरुण नेपाल समर्थक रहेको अविश्वासको प्रस्तावमा पौडेललाई पदमुक्त गरेर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरिएको छ ।
यस अंगाडी शुक्रबार नै बागमती प्रदेश सरकारका तीन मन्त्रीले राजीनामा समेत गरेका छन् । प्रदेशका आन्तरिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेल, उद्योगमन्त्री अरुण नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालले पदबाट राजीनामा गर्नु भएको हो ।