संजीवनीमा बिद्यार्थीलाई अभिमुखिकरण

690

संजीवनीमा बिद्यार्थीलाई अभिमुखिकरण

बुटवल, कालिकानगर स्थीत संजीवनी कलेज अफ मेडिकल साइन्सेजले मेडिकल शिक्षा अन्तर्गत प्रवेश परीक्षाको नयाँ सिलेवस–२०७७ अनुसार सो सँग सम्बन्धीत आकांक्षीहरुलाई सामाजिक दुरी कायम गरी प्रशिक्षण दिएको छ । पौष ११ गते सम्पन्न उक्त कार्यक्रममा बि.एस्सि नर्सिङ, बि.एन.एस, बि.पि.एच., एमविविएस, विडिएस लगाएतका स्नातक तहका प्रवेश परीक्षाको नयाँ पाठ्यक्रम, परीक्षामा सोधीने सम्भावित प्रश्न मोडेलका विषयमा प्रशिक्षकहरुले प्रशिक्षण दिएका थिए ।
कलेजका प्रमुख कार्यकारी अधिकृत दिपक रोकाले मेडिकल शिक्षाको बारेमा सम्भावना, चुनौती र प्रवेश परीक्षामा आवश्यक पर्ने न्युनतम मापदण्डका बारेमा बताउनु भयो । प्रिन्सिपल सुमित्रा कोइरालाले परिवर्तित प्रवेश परीक्षाको पाठ्यक्रमलाई सहज रुपमा लिएर अध्ययन गरेमा उत्तिर्ण हुन सकिन बताउनु भयो । विज्ञान तर्फ रोसन तिवारी, नर्सिङ तर्फ राधा अर्याल (पन्थी) लगाएत अन्य प्रशिक्षकहरुले बिस्तृत रुपमा पाठ्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो ।

तोयनाथ अर्यालले संचालन गरेको उक्त कार्यक्रममा प्रसासकीय अधिकृत राजु अर्याल, फ्याकल्टी संयोजकहरु लगाएत अन्य शिक्षक शिक्षिकाहरु उपस्थित थिए । करिव ८० जना विद्यार्थी सहभागि भएको उक्त कार्यक्रममा प्रशिक्षण पश्चात विद्यार्थीहरुले आफूहरुले नयाँ पाठ्यक्रमका बारेमा जानकारी लिन पाउँदा खुसी लागेको बताए । बि.एस्सि नर्सिङ, बि.एन.एस, बि.पि.एच.लगाएतको प्रवेश परीक्षा चिकित्सा शिक्षा आयोगले एकिकृत रुपमा छिटै फारम खुलाउने समेत सो कार्यक्रममा जानकारी गराइएको थियो ।