हात बाङ्गीएका बालकको सफल शल्यक्रिया

1.3K

हात बाङ्गीएका बालकको सफल शल्यक्रिया

दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हात बाङ्गीएका बालकको सफल शल्यक्रिया गरिएको छ । रुकुम पुर्वका ११ वर्षीय बालकको ४ महिना अंगाडी भाचिएको हात उपचार (प्लास्टर) पछि बाङ्गीएको थियो । चार महिना अघि भाचिएको हात प्लाष्टर पछि पनि बाङ्गो नै रहेपछि अभिभावक चिन्तामा परेका थिए ।
बाङ्गीएको हातको उपचारको लागि बालकलाई लिएर उनका अभिभावक हालै अस्पताल आए । उनको प्रतिष्ठानका निर्देशक तथा हाड जोर्नी रोग विशेषज्ञ डा. सागर पन्थी सहितको स्वास्थ्य कर्मीको टोलीले शल्यक्रिया गरेको थियो । शल्यक्रिया पछि बालकको हात सिधा भएको छ । यस अंगाडी सम्म यस्ता समस्याको उपचारको लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको थियो ।

बालकको हात बाङ्गीएको समस्या जटिल बन्दै गएको अवस्थामा प्रतिष्ठानमा सफल शल्यक्रिया गरिएको डा. पन्थीले बताउनु भयो । उहाँले अहिले प्रतिष्ठानमा पुराना हात, खुट्टा बाङ्गीएका समस्याको सफल शल्यक्रिया भईरहेको र त्यसबाट लाभ लिन समेत आग्रह गर्नुभयो । सामान्यतया भाचिएका हात खुट्टामा प्लाष्टर मात्रै गर्दा बाङ्गीने समस्या आउने भएकाले हड्डीलाई सेफमा लगेर मात्रै प्लास्टर गर्नुपर्ने उहाँले बताउनु भयो ।