सेमेस्टर प्रणालीसम्बन्धी अन्योल छिट्टै अन्त्य हुने

सेमेस्टर प्रणालीसम्बन्धी अन्योल छिट्टै अन्त्य हुने

tithaकाठमाडौँ,मङ्सिर । त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाँले छिट्टै नै सेमेस्टर प्रणालीसम्बन्धी अन्योलको अन्त्य गर्ने बताउनुभएको छ ।

अखिल (क्रान्तिकारी), नेपाल विद्यार्थी सङ्घलगायतका विभिन्न विद्यार्थी सङ्गठनसँग आज भेट गर्दै उहाँले सेमेस्टर प्रणाली लागू गर्ने भनिए पनि यसमा अन्योल कायम भई लागू हुन नसकेको भन्दै छिट्टै यसको अन्त्य गर्ने बताउनुभएको हो ।
सेमेस्टर प्रणाली लागू गर्नका लागि पाठ्यक्रम तयार नभइसकेको, १८÷२० हजार विद्यार्थी भएका क्याम्पसमा सेमेस्टर लागू गर्नेबित्तिकै विद्यार्थी घट्नेलगायतका समस्या देखिएपछि सेमेस्टर लागू हुन सकेको छैन । विज्ञान सङ्काय, पत्रकारिता, कानुन विषयमा सेमेस्टर प्रणाली लागू भए पनि मानविकी र व्यवस्थापन विषयमा सेमेस्टर लागू हुन सकेको छैन । यस्तै, उपकुलपति डा खनियाँँले स्ववियुको निर्वाचनसमेत आफ्नै कार्यकालमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसअघि सेमेस्टर प्रणालीसम्बन्धी अन्योलको अन्त्य हुनुपर्ने र स्ववियु निर्वाचन हुनुपर्नेलगायतका माग राखी विद्यार्थीले ध्यानाकर्षणपत्र बुझाएका थिए । रासस

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •