जन्म दिनमा शैक्षिक सामाग्री वितरण

जन्म दिनमा शैक्षिक सामाग्री वितरण


कपिलवस्तु । नेपाल तरुण दल कपिलवस्तुका नेता तथा वी.पी.कोइराला युवा नेतृत्व विकास मञ्च वाणगंगा नगरपालिकाका संयोजक अनन्त प्रसाद पाठकले जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण गरेका छन् ।
नेता पाठकले आफ्नो जन्मदिनको अवसरमा जिल्लाको शुद्धोधन गाउपालिका १ वग्दी स्थित पूर्ण केसर मा.वि. पढ्ने १३ जना बिपन्न बर्गका बालबालिकालाई कपी, कलम र झोला लगायतका शैक्षिक सामाग्री बितरण गरेर जन्मदिन मनाउनुभएको हो ।

जन्मदिनको अवसरमा साथीभाइहरुलाई पार्टी दिएर रकम खर्च गर्नुभन्दा असहाय बालबालिकाहरुको शिक्षामा केहि सहयोग होस् भनि आफूले शैक्षिक सामाग्री सहयोग गरेको पाठकले बताउनु भयो । साथै आगामी दिनमा पनि आफूले समाजिक कार्यमा निरन्तर लागिरहने उहाँले बताउनु भयो । हाम्रो सानो सहयोगले बिपन्न बर्गका बालबालिकाहरुलाई ठुलो महत्व राख्ने हुनाले जन्मदिनमा हुने फजुल खर्च समाजमा रहेका असाय तथा अनाथ बालबालिकाहरुलाई सहयोग गर्न पाठकको अनुरोध छ ।

शैेक्षिक सामाग्री वितरण गर्दै तरुण दल जिल्ला सभापती शक्ति सिंह ठकुरीले राजिनिति सँगै सामाजिक कार्यमा समेत अग्रसर तरुण नेता पाठकले जिल्लाका विभिन्न सामाजिक अभियानमा समेत सक्रिय रहेको बताउनु भयो ।

शैेक्षिक सामाग्री वितरणमा विद्यालयका प्रधानाध्यापक लिला खनाल, नेपाल विद्यार्थी संघका क्षेत्रिय सभापती चन्द्रकान्त पोख्रेल, नेपाल तरुण दल क्षेत्रिय सभापती तिलक थापा, तरुण नेता राजन आले,लक्ष्मी कुँवर,शरिफ मुसलमान लगायतको उपस्थिति रहेको थियो ।

Share This
  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share