महायज्ञको हिसाव किताव बिद्यालय व्यस्थापन समितिलाई हस्तान्तरण

महायज्ञको हिसाव किताव बिद्यालय व्यस्थापन समितिलाई हस्तान्तरण

बुटवल उपमहानगरपालिका वडा नं. ११ प्रगतिनगरमा रहेको प्रगति माध्यमिक बिद्यालय (साविक प्रगति आधारभूत बिद्यालय) मा सञ्चालन गरिएको महायज्ञको हरहिसाव सहित जिम्मेवारी बिद्यालय व्यबस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।
शुक्रबार महायज्ञ आयोजक मुल समितिले पत्रकार सम्मेलन गरेर महायज्ञको आम्दानी विवरण सहित त्यसको दायित्व समेत बिद्यालय व्यबस्थापन समितिलाई हस्तान्तरण गरेको हो । बिद्यालयले शैक्षिक स्तरोन्नती, पूर्वाधार निर्माण तथा गुणस्तरीय र प्रधाविधिक शिक्षामा जोड दिँदै २०७५ साल बैशाख २१ देखि २९ गतेसम्म ९ दिन महायज्ञ सञ्चालन गरेको थियो ।
पत्रकार सम्मेलनमा महायज्ञ आयोजक समितिका संयोजक जितबहादुर मल्लले बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष नारायण सारु र प्रधानाध्यापक शिबकुमारी अर्याललाई महायज्ञको आम्दानी तथा खर्च विवरण सहितको हिसाव किताव र त्यसको बाँकी जिम्मेवारी समेत हस्तान्तरण गर्नुभएको हो ।
त्यस अवसरमा संयोजक मल्लले आजसम्म आफूले गरेको कामको फेयरिस्त प्रस्तुत गर्दै औपचारिक रुपमा जिम्मेवारी हस्तान्तरण गरेपनि बिद्यालयको उन्नतीको लागि बाँकी रहेको काममा समेत आफ्नो साथ र सहयोग रहिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उक्त महायज्ञमा नगद जिन्सी र प्रतिवद्धता समेत गरी १ करोड ५४ लाख १६ हजार ३५१ रुपैंया संकलन भएको थियो भने ३६ लाख ५२ हजार २२४ रुपैंया खर्च भएको संयोजक मल्लले जानकारी गराउनु भयो । त्यस्तै प्रतिवद्धता गरेको रकम उठाउने क्रममा पुन थप ४ लाख २३ हजार १०७ रुपैंया सहयोगको प्रतिवद्धता भएको थियो । महायज्ञमा प्रतिवद्धा गरेको ८७ लाख १९ हजार ८६१ रुपैंया अझैपनि उठ्न बाँकी छ । अव यो रकम उठाउने जिम्मेवारी बिद्यालय व्यबस्थापन समितिमा सरेको छ ।
महायज्ञ अगाडी आधारभूत तहमा सञ्चालित उक्त बिद्यालय अहिले माध्यमिक तहमा सञ्चालन गरिएको छ भने कुल ५५५ जना बिद्यालय अध्ययनरत रहेको प्रधानाध्यापक अर्यालले जानकारी गराउनु भयो । त्यस्तै १८ जना शिक्षक कर्मचारी रहेको बिद्यालयले ३ जना नीजि क्षेत्रबाट शिक्षक राखेको र अझै पनि उनीहरुलाई तलव खुवाउन समस्या भएको उहाँले बताउनु भयो ।

Share This
  • 22
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    22
    Shares