तिलोत्तमाको शिबचोक टोल बिकास संस्थाद्वारा रक्तदान

623

तिलोत्तमाको शिबचोक टोल बिकास संस्थाद्वारा रक्तदान

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १ शिबचोक टोल बिकास संस्थाद्वारा शुक्रबार रक्तदान कार्यक्रम गरिएको छ । रक्त सञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए ।
रक्तदान कार्यक्रमको उद्घाटन गर्दै तिलोत्तमा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तामनाथ पाण्डेयले टोल बिकास संस्थाले रक्तदान गरेर मानवीय काम गरेको बताउनु भयो । शिवचोक टोल बिकास संस्थाका अध्यक्ष पदमराज कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य पार्वती क्षेत्री, संस्थाका संस्थापक अध्यक्ष भेषराज गैरे, नमस्ते नेपालका अध्यक्ष अर्जुन खरेल, उपाध्यक्ष तुलसी गौतम, सचिव भुमिका रेग्मी गौतम लगायतले भनाई राख्नुभएको थियो ।