ब्रसेल्स/बेल्जियम
मंसिर २०
‘टप मोडेल बेल्जियम २०१६’को प्रतियोगितामा पहिलो पटक नेपाली महिला योगिता थापा फाइनल प्रतिश्प्रधामा पुगेकी छिन | सात वर्षदेखि बेल्जियम बस्दै आएकी काठमाडौंकी योगिता थापा टप मोडल बेल्जियम सिनियर २०१६ को सेमिफाइनल चरण पार गर्दै सयौं प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै फाइनल प्रवेस गरेकी हुन् ।
फ्रान्सको राजधानी पेरीसमा आगामी २४ जनवरी २०१६ मा आयोजना गर्न लागिएको टप मोडल वेल्जियमको विविध विधामा १८० जनाले प्रतिस्पर्धा गर्नेछन्।प्रत्येक वर्ष आयोजना गरिने प्रतियोगिताको २९ देखि ४० वर्ष उमेर समूहअन्तर्गत फाइनलमा पुग्ने उनी पहिलो नेपाली महिला बनेकी छन्।
थापा बेल्जियमको लिज क्षेत्रबाट छानिएकी हुन्। बेल्जियमको सार्लुवा सहरमा जुन ५ मा ४० जना प्रतिस्पर्धीबीच सेमिफाइनल भयको र उनि छानियकी थिइन् । भोटका आधारमा फाइनल प्रतिस्पर्धीहरूको छनोट गरिने भएकोले थापाले सबै नेपाली शुभेच्छुकहरूलाई भोट दिन आग्रहसमेत गरेकी छन्।
प्रतिस्पर्धाको फाइनलमा रहेकी योगितालाई वेल्जियम, लक्जेम्वर्ग र फ्रान्सवाट भोटहाल्न सकिनेछ। वेल्जियवाट TMB 289 लेखि 3565 मा एसएमएस पठाउनुपर्नेछ।यसैगरी फ्रान्सवाट TMB 289 लेखि 81013 मा म्यासेज पठाउनुपर्नेछ। यसैगरी लक्जेम्वर्गवाट TMB 289 लेखि 64747 मा म्यासेज पठाउनुपर्नेछ।एसएमएस जतिपटक पनि गर्न सकिने आयोजकले जानकारी गराएका छन्।
उनलाई बेल्जियम, फ्रान्स र लक्जेम्बर्गबाट मोबाइल एसएमएसमार्फत् भोट दिन सकिन्छ। थापाले भारतको नयाँदिल्लीस्थित आईअज्ञाईएफटीबाट फेसन डिजाइन र मलेसियाको जेएफ ब्युटी एकेडेमीबाट ब्युटी कोर्समा स्नातक गरेकी छन्। उनले युरोपमै छायांकन गरिएको गायक ओमविक्रम विष्टको आवाज देऊ… , र गायिका दिव्य ज्योति विष्टको नआऊ नजरमा… बोलको गीतमा समेत मोडलको रूपमा अभिनय गरेकी छन्।
पन्ध्र महिना अघिदेखि बेल्जियमका विभिन्न सहरमा कार्यक्रमको आयोजना गरी प्रतिस्पर्धीहरू छनोट गरिएको थियो। विगत ४ वर्ष अगाडी बेल्जियममै आयोजित जुनियर टप मोडेल प्रतियोगितामा रोशनी घिमिरे दोस्रो भयकी थिइन् |काभ्रेपलान्चोक घर भयकी रोशनिले १४ सय प्रतिश्पर्धी संगको प्रतिश्प्रधामा दोस्रो स्थान प्राप्त गरेकी थिइन् |