कोरोनासंग लड्न योग प्रशिक्षण

कोरोनासंग लड्न योग प्रशिक्षण

पाल्पाको रिब्दीकोट गाउँपालिकामा कोरोना भाईरस (कोभिड–१९) विरुद्ध योग प्रशिक्षण गरिएको छ । योग दिवसको सन्दर्भ पारेर योगका माध्यमबाट मानसिक तथा शारीरिक रुपमा आफूलाई स्वस्थ राख्नको लागि योग प्रशिक्षण गरिएको हो । माघ १ गते राष्ट्रिय योग दिवस मनाईन्छ । पालुङ्ग मैनादी आयुर्वेद औषधालयको आयोजनामा मंगलबारदेखि शुरु भएको योग प्रशिक्षण अन्तर्राष्ट्रिय योग दिवसको दिन माघ १ गतेसम्म सञ्चालन गरिने छ ।
‘योग गरौं डटेर, काभिड जान्छ हटेर’ भन्ने मुल नाराकासाथ पालुङ्मैनादीमा आयोजना गरिएको योग प्रशिक्षणमा गाउँपालिकाका बिभिन्न वडाबाट २५ जनाको सहभागिता रहेको पालुङ्गमैनादी आयुर्वेद औषधालयका प्रमुख डा. रोमहर्ष नेपालले बताउनु भयो ।
रिब्दीकोट गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष निरबहादुर रास्कोटीको अध्यक्षतामा भएको कार्यक्रमको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले गर्नुभएको थियो । त्यस अवसरमा उपाध्यक्ष लक्ष्मी खनाल तथा वडा अध्यक्षहरु समेत सहभागि हुनुहुन्थ्यो । ३ दिने उक्त प्रशिक्षण कार्यक्रममा पालुङ्गमैनादी आयुर्वेद औषधालयका प्रमुख डा. रोमहर्ष नेपाल, प्रशिक्षक कमला थापाले प्रशिक्षण गर्नुहुनेछ ।

Share This
  • 62
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    62
    Shares