संसद विघटनको बिरोधमा मुख्यमन्त्री कार्यालय अगाडी अनेरास्ववीयूको प्रदर्शन

संसद विघटनको बिरोधमा मुख्यमन्त्री कार्यालय अगाडी अनेरास्ववीयूको प्रदर्शन

सरकारले प्रतिनीधि सभा (संसद) विघटन गरेको बिरोधमा बुधबार पनि बुटवलमा मुख्यमन्त्री कार्यालय अगाडी प्रदर्शन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहको अनेरास्ववीयूले संसद बिघटनको बिरोधमा निरन्तर प्रदर्शन गर्दै आएको छ ।
संवैधानिक व्यबस्था बिरुद्ध हुनेगरी सरकारले संसद विघटन गरेको तथा भारतीय सञ्चार माध्यम जेड न्यूजले नेपालको भौगोलिक अखण्डता बिरुद्ध बोलेकाले उक्त च्यानल बन्द गर्नुपर्ने भन्दै उसले लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय अंगाडी प्रदर्शन गरेको हो ।
प्रतिनिधि सभा बिघठन खारेज गर, संविधान मिच्न पाइदैन, असंवैधानिक कदम खारेज गर, महङ्गी तथा भ्रष्टाचार अन्त्य गर, संविधान कुल्चिनु पाईदैन, जनमतको अपमान गर्न पाईदैन, अनेरास्ववियू जिन्दावाद लगायतका नारा लेखिएका प्लेकार्ड सहित गरिएको प्रदर्शनमा करिव ३ सय सहभागि थिए ।
कार्यक्रममा अनेरास्ववीयुका केन्द्रीय सदस्य अनुप पोख्रेल लगायतले प्रतिगमन बिरुद्ध निरन्तर आन्दोलन गर्ने र भारतीय च्यानल जेड न्यूजले नेपालको भौगोलिक अखण्डता बिरुद्ध बोेलेकाले यसलाई नेपालमा प्रतिबन्ध लगाउनुपर्ने माग गरेका थिए ।

Share This
  • 66
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    66
    Shares