काठमाडौं – पार्टीका जिम्मेवार नेताहरुलाई अख्तियारले पत्र काटेर छानविन गर्न थालेपछि प्रमुख राजनीतिक दलभित्र हंगामा मच्चिएको छ । कांग्रेस, एमाले र एमाओवादी पार्टी अध्यक्षकहाँ आइतवार विहानैदेखि दौडधुप शुरु भएको छ ।
पार्टी महासचिव कृष्णबहादुर महरालाई नै अख्तियारले छानविनको दायरामा ल्याएपछि एकीकृत माअोवादीभित्र भुकम्प पैदा भएको छ । अख्तियारले अकुत सम्पती आर्जन र भ्रष्टचार गरेकोे आशंकामा महरासहित २९ जनामाथि छानविन थालेको समाचार आएपछि एमाओवादीभित्र हलचल पैदा भएको हो । अख्तियार स्रोतहका अनुसार महरामाथि संचार मन्त्री हुँदा दुरसंचार लाइसेन्स वितरणमा अनियमितता गरेको आक्षकामा छानविन भएको हो । यसबाहेक उनीमाथि सम्पतीको स्रोतका विषयमा पनि अख्तियारले छानविन थालेको हो ।
महराले विवादास्पद एव्म धार्मिक व्यावसायी अजय सुमार्गीको लगानी रहेको नेपाल स्टोलाइट प्राइभेट लिमिटेड कम्पनीलाई दुरसंचार लाइसेन्स दिँदा अनियमितता गरेको अख्यितारको बुझाई छ । पाँच बर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने त्यसका लागि पाँच बर्षमा २२ लाख रुपैयाँ तिर्नुपर्ने गरि लाइसेन्स दिएका थिए । त्यसैगरि महरा संचार मन्त्री भएकै बेला नेपाल टेलिकमले १० बर्षमा लाइसेन्स नवीकरण २० अर्व तिर्ने नीति बनेको थियो । दूरसंचार प्राधिकरणभित्र पनि लाइसेन्स वितरणमा अनियमितता भएको प्रश्न उठेको छ । अहिले हेलो नेपाल नामक टेलिफोन कम्पनी सुमार्गीले त्यही लाइसेन्सबाट चलाएका छन् ।
एमाओवादीबाट महराबाहेक सांसदद्धय ल्याहक्याल लामा र रवीन्द्रप्रताप शाह अख्तियारको छानविनमा परेका छन् । लामा यस अघि नै दोहोरो पासपोर्टसहितका विवादमा परेका छन् । उता पार्टीकै नेता हेमन्तप्रकाश वलीलाई सभासद् नबनाएर पूर्व आइजीपी शाहलाई सांसद बनाएको भन्दै एमाओवादीभित्र प्रचण्डको आलोचना भएको थियो । उस बेला शाहले आफु दुई करोड तिरेर सभासद भएको भन्दै आफ्नो आलोचकहरुको मुख बन्द गराउने कोशिष गरेका थिए ।
सांसद एव्म पुर्वमन्त्री राजेन्द्र पाण्डे, सांसद एव्म पूर्व मन्त्री सुरेन्द्र पाण्डेमाथि मन्त्रीहरु राज्य शक्तिको दुरुपयोग गरेको र सम्पती आर्जज गरेको आक्षका अख्यिारले गरेको छ ।
कुन पार्टीका कति जना परे ?
कांग्रेस/कांग्रेस कोटाबाट लाभ लिने : पूर्वसचिव विद्याधर मल्लिक, पूर्वमन्त्री छविराज पन्त, पूर्वमन्त्री शंकर कोइराला, पूर्वमन्त्री उमाकान्त झा, पूर्वमन्त्री टेकबहादुर थापा, सांसद उमेश श्रेष्ठ, पूर्वमुख्य सचिव एव्म पूर्वराजदूत भोजराज घिमिरे
एमाले/एमाले कोटाबाट लाभ लिने : सांसद एव्म पुर्वमन्त्री राजेन्द्र पाण्डे, सांसद एव्म पूर्व मन्त्री सुरेन्द्र पाण्डे, पूर्वमन्त्री बंशीधर मिश्र, सांसद इच्छाराज तामाङ, सांसद जर्नादन ढकाल र पूर्वसांसद बिजय पौडेल छन् ।
एमाओवादी/एमाओवादी कोटाबाट : पूर्व मन्त्री एव्म सांसद कृष्णबहादुर महरा, रवीन्द्रप्रताप शाह, पूर्व मन्त्री रामकुमार श्रेष्ठ छन् ।
राप्रपा : सांसद एवम व्यवसायी विक्रम थापा छन् ।
माले : उपप्रधानममन्त्री एव्म महिला मन्त्री सीपी मैनालीकी पत्नी निमल केसी छन् ।
फोरम लोकतान्त्रिक/यो पार्टीबाट लाभ लिने : सांसद एव्म स्कूल संचालक गीता राणा, सांसद एव्म स्कूल संचालक बाबुराम पोखरेल छन् ।
बहालवाला अधिकारी : एआइजी राजेन्द्रसिंह भण्डारी, डिआइजी बिजयलाल कायस्थ, आयल निगमका कार्यकारी अधिकृत गोपालबहादुर खड्का छन् ।
मिडिया मालिक : हिमाल पत्रिकाका प्रकाशक कनकमणि दीक्षित छन् ।
व्यवसायी : राजकुमार अग्रवाल पनि छानविनको दायारमा परेका छन् ।रातोपाटीबाट