लोकसेवा आयोगका बिद्यार्थीलाई अभिमुखिकरण

1.3K

लोकसेवा आयोगका बिद्यार्थीलाई अभिमुखिकरण

बुटवलमा लोकसेवा आयोगका बिद्यार्थीलाई अभिमुखिकरण गरिएको छ । बुटवलको सुख्खानगरमा रहेको तिलोत्तमा इन्ष्टिच्युटले अधिकृत, नायाब सुब्वा, खरिदार र बैकिङ तर्फ लोक सेवा मार्फत सेवा प्रवेश गर्न चाहने करिब एक सय विद्यार्थीलाई एक दिने अभिमुखिकरण कार्यक्रम गरेको हो ।
शनिबार बुटवलमा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा उनीहरुलाई लेखक तथा नागरिक उड्ययन प्राधिकरण भैरहवाका उप–प्रबन्धक किशोर आर्चाय, संजिवनी कलेजका कार्यकारी प्रमुख दिपक रोका लगायतका प्रशिक्षकहरुले विषयगत र उत्प्रेरणात्मक प्रशिक्षण गर्नुभएको थियो ।

संजीवनी कलेजका प्रशासकीय प्रमुख राजु अर्यालको संचालनमा भएको कार्यक्रममा इन्ष्टिच्युटका प्रवन्ध निर्देशक नविन अधिकारीले सस्थाको चौध वर्षे इतिहासमा लोकसेवा आयोग र विभिन्न विषयका ब्रिज कोर्ष मार्फत प्रत्येक वर्ष हजारौँ विद्यार्थीलाई अब्बल बनाइ रोजगारी तथा बिभिन्न विषयमा भर्नाका लागि तयार गराइएकोमा गर्व लागेको बताउनु भयो ।