लक्ष्मी माध्यमिक विद्यालयका बिद्यार्थीलाई लायन्स क्लव अफ बुटवलको खाजा

1.3K

लक्ष्मी माध्यमिक विद्यालयका बिद्यार्थीलाई लायन्स क्लव अफ बुटवलको खाजा

बुटवलको लक्ष्मी माध्यमिक विद्यालयका बिद्यार्थीलाई चालु शैक्षिक सत्रमा लायन्स क्लव अफ बुटवलले दिवा खाजा खुवाउने भएको छ । अधिकांश गरिव तथा विपन्न परिवारका बालबालिकाले अध्ययन गर्ने बुटवल उपमहानगरपालिका वडा नं. ४ लक्ष्मीनगरमा रहेको लक्ष्मी माध्यमिक बिद्यालयका कक्षा ६ देखि १० सम्मका बिद्यार्थीलाई लायन्स क्लव अफ बुटवलले दिवा खाजा खुवाउन सुरु गरेको हो ।
बिद्यालयमा अध्ययन गर्न आउने अधिकांश बिद्यार्थीको दयनीय अवस्था देखेर क्लवले ‘हङ्गर रिलिफ कार्यक्रम’ अन्तरगत चालु शैक्षिक सत्रको सुरुदेखि नै दिवा खाजा खुवाउने जमर्को गरेको थियो । यद्यपी कोभिड–१९ महामारीका कारण बिद्यालय सञ्चालन नभएको र बिद्यालय खुलेलगत्तै यहि माघ महिनादेखि दिवा खाजा कार्यक्रम सञ्चालन गरिएको क्लवका अध्यक्ष संजय जयसवालले जानकारी गराउनु भयो ।

बिद्यालयमा अध्ययन गर्ने करिव ११५ जना बिद्यार्थीलाई खाजा खुवाउनको लागि बिद्यालयमा सञ्चालन गरिएको क्यान्टिनसंग आईतबार समझदारी पत्रमा हस्ताक्षर गरिएको छ । उक्त समझदारीपत्रमा क्यान्टिनको तर्फबाट क्यान्टिन सञ्चालक र क्लवको तर्फबाट अध्यक्ष जयसवालले हस्ताक्षर गर्नुभएको छ भने लायन्स क्लवका डिष्ट्रिक गभर्नर शम्भु नकर्मी र बिद्यालयको तर्फबाट प्रधानाध्यापक शान्ता शर्माले साक्षिको रुपमा हस्ताक्षर गर्नुभएको छ । दिवा खाजा कार्यक्रमका संयोजक महेशप्रसाद श्रेष्ठका अनुसार यो कार्यक्रम माघ, फागुन, चैत र बैशाख गरि ४ महिना सञ्चालन गरिने छ ।
त्यस अवसरमा बोल्दै लायन्स क्लवका डिष्ट्रिक गभर्नर नकर्मीले विपन्न परिवारका बालकालिकालाई लक्षित गरेर क्लवले बिद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्नु सह्रानीय रहेको बताउँदै यसबाट सिकेर अरु क्लवहरुले समेत यस्ता कार्यक्रम गर्नुपर्ने भनाई राख्नुभयो ।
त्यस्तै बिद्यालयकी प्रधानाध्यापक शर्माले सरकारी बिद्यालयमा प्राप्त हुने सिमित स्रोत साधनका बिच असिमित आवश्यकता पूरा गर्न नसकिएको जानकारी गराउँदै अझै पनि बिद्यालयमा विषयगत शिक्षक, पुस्तकालय, कम्प्युटर लगायतको अभाव रहेको बताउनु भयो । उहाँले लायन्स क्लवले बिद्यालयमा अध्ययन गर्ने बालबालिकालाई दिवा खाजाको व्यबस्था गरेकोमा धन्यवाद समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा क्लवका संस्थापक सचिव तथा पूर्व अध्यक्ष जीवनप्रसाद वझा, क्लवका पूर्व अध्यक्ष तथा पूर्व डिष्ट्रिक गभर्नर महेन्द्रनारायण श्रेष्ठ, डिष्ट्रिक कोर्डिनेटरहरु नवराज न्यौपाने, सुनिता वजीमय, बुटवल ४ का कार्यवाहक वडा अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठ, क्लवका सचिव प्रतिक पोखरेल लगायतले भनाई राख्नुभएको थियो ।
त्यसै अवसरमा लायन्स क्लव डिष्ट्रिकले आयोजना गरेको पिस पोस्टर कार्यक्रममा द्वितीय भएका बुटवलका अविव्स भट्टराईलाई डिष्ट्रिक गभर्नर नकर्मीले पुरस्कार प्रदान गर्नुभएको थियो । उनी लायन्स क्लव अफ बुटवलले सञ्चालन गरेको सोही प्रतियोगितामा प्रथम भएका थिए ।