बागधुरामा भोलीदेखि चौंथो संस्करणको ‘संजीवनी नकआउट फूटवल प्रतियोगिता’ हुँदै

बागधुरामा भोलीदेखि चौंथो संस्करणको ‘संजीवनी नकआउट फूटवल प्रतियोगिता’ हुँदै

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १४ बागधुरामा भोली शुक्रबारदेखि चौंथो संस्करणको ‘संजीवनी नकआउट फूटवल प्रतियोगिता–२०७७’ हुने भएको छ । संजीवनी युवा क्लवको आयोजनामा हुने उक्त प्रतियोगितामा रुपन्देही र नवलपरासीका १६ टिम सहभागि हुने बिहिबार आयोजना गरिएको पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष अर्जुन क्षेत्रीले जानकारी गराउनु भयो ।
फूटवलको बिकास, फूटवल खेलाडीलाई प्रवद्र्धन, खेलमैत्री भावनाको बिकास तथा स्थानीय उत्पादनको प्रचारप्रसारका लागि आयोजना गरिएको उक्त प्रतियोगितामा विजेतालाई १ लाख र उपविजेतालाई ५० हजार रुपैंया नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक खिमबहादुर थापाले बताउनु भयो । त्यस्तै तीनजना उत्कृष्ट खेलाडीलाई समेत पुरस्कृत गरिने छ ।
अध्यक्ष क्षेत्रीका अनुसार क्लव स्थापनासंगै सुरु गरिएको संजीवनी नकआउट फूटवल प्रतियोगिताको पहिलो संस्करणमा डिएमसी तुलसीपुर, दोस्रो संस्करणमा न्यू सिर्जना युवा क्लव करौंजीया र तेस्रो संस्करणमा खुकुरी क्लव वेलहीयाले उपाधि जितेका थिए । भोली देखि सुरु हुने प्रतियोगिताको तयारी पुरा भएको समेत पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।

पत्रकार सम्मेलनमा तिलोत्तमा नगरपालिका वडा नं. १४ बागधुरा देवीनगर टोल बिकास समितिका संयोजक भुपालसिंह छन्तेलले क्लवले सञ्चालन गर्दै आएको प्रतियोगिताका कारण स्थान पहिचानमा उल्लेखनीय योगदान रहेको बताउँदै प्रतियोगिता सञ्चालनको लागि नगरपालिका, वडा र टोलबाट पूर्ण सहयोग हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै क्लवका संरक्षक गोबिन्द केसीले स्थानीय स्तरमा साना तथा घरेलु उद्योग मात्रै नभएर राष्ट्रिय स्तरमा पहिचान बनाईसकेका उद्योग पनि रहेको जानकारी गराउँदै ती उद्योगबाट उत्पादित बस्तुहरुको प्रचार प्रसार गर्न सकियो भनेपनि त्यसले राम्रै प्रतिफल दिने भएकाले स्थानीय उत्पादनको प्रचारप्रसारलाई जोड दिईएको बताउनु भयो ।

Share This
  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares