नर्सिङ् दिवसको अवसरमा आयोजित कार्यक्रमका विजेतालाई पुरस्कार प्रदान

593

नर्सिङ् दिवसको अवसरमा आयोजित कार्यक्रमका विजेतालाई पुरस्कार प्रदान

५९ औं नर्सिङ् दिवसको अवसरमा बुटवलमा रहेको मेडिटेक इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरले साता व्यापी खेलकुद कार्यक्रमका विजेतालाई पुरस्कार वितरण गरेको छ । दिवसको पूर्व सन्ध्यामा अस्पतालको नर्सिङ् विभागले यहि माघको ८ देखि १३ गतेसम्म साताव्यापी खेलकुदका कार्यक्रम गरेको थियो ।
दिवसको अवसरमा बिहिबार बुटवलमा एक कार्यक्रमको आयोजना गरि उनीहरुलाई अस्पतालका निर्देशक सतिस रुपाखेतीले पुरस्कार वितरण गर्दै समयको बिकासक्रमसंगै नयाँ नयाँ प्रविधि र बिधिहरुमा आफूलाई रुपान्तरित गर्नुपर्ने बताउनु भयो । उहाँले बच्चाको जन्म र मृत्यु समेत नर्सको काखमा हुने भएकाले नसिंङ् पेसाको महत्व अति नै रहेको र नर्सलाई व्यबस्थापनको तर्फबाट कामको मुल्यांकन गर्नुपर्ने र त्यसमा आफ्नो जिम्मेवारी समेत रहेको बताउनु भयो ।
‘नर्सिङ् सेवा हाम्रो सान, सेवा र गुणस्तरको गरौं सम्मान’ भन्ने नारा सहित यो वर्ष नर्सिङ् दिवस मनाईएको हो । अस्पतालकी नर्सिङ् सुपरभाईजर टिका खरालको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका डा. सरोज थापा, कर्मचारी गोबिन्दप्रसाद नेपाल, बाबुराम खनाल, डिपार्ट इञ्चार्जहरु सन्ध्या भट्टराई एञ्जिला श्रेष्ठ, अम्विका क्षेत्री, हरिकला गिरी, रेश्मी गुरुङ् लगायतले नर्सिङ् पेशाका बिषयमा भनाई राखेका थिए ।