संजीवनीमा विद्यार्थीलाई तालिम

453

संजीवनीमा विद्यार्थीलाई तालिम

बुटवल । बुटवल १० कालीकानगरमा रहेको संजीवनी कलेज अफ मेडिकल साइन्सेजका विद्यार्थीहरुले तीन दिने प्रशिक्षण सम्पन्न गरेका छन् । डिपार्टमेन्ट अफ पब्लिक हेल्थ अन्तर्गत बिपिएच छैटौँ सेमेष्टरका विद्यार्थीहरुले आफ्नो पाठ्यक्रम अनुसारको सो प्रशिक्षण सम्पन्न गरेका हुन् ।

बुटवलको एक होटेलमा संचालन भएको सो कर्यक्रममा जिल्लाभित्रका विभिन्न माध्यामिक विद्यालयका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई क्रमश आत्महत्याः बढ्दो मानिसक स्वास्थ्य समस्या, सामाजिक संजालको मानसिक स्वास्थ्यमा प्रभाव र कोभिड १९ का बेला तनाब न्यूनिकरण गर्ने उपाए शिर्षकमा तीन दिन प्रशिक्षण दिइएको तालिम संयोजक सहप्राध्यापक मदन प्रसाद पन्थीले जानकारी दिए ।

सो प्रशिक्षणमा विपिएच छैटौं सेमेष्टरका ४० जना विद्यार्थीहरुले विभिन्न भुमिकामा रहेर तालिमको सहजिकरण गरेका थिए । साथै प्रशिक्षणमा शिर्षकका अतिरिक्त तालिम कसरी संचालन गर्ने भन्ने बारेमा समेत सहभागलाई बिस्तृत रुपमा ज्ञान गराइएको थियो ।

विद्यार्थीहरु मदन शर्मा, भगवति पंगेनी र सम्झना पाण्डेको अध्यक्षतामा भएको सो तीन दिने तालिममा बोल्दै कर्यक्रमका प्रमुख अथिति एवं संजीवनी कलेज अफ मेडिकल साइन्सेजका कार्यकारी प्रमुख दिपक रोकाले समयसापेक्ष विषयवस्तुमा तालिम संचालन गरेको र विशिष्ट किसिमले प्रस्तुतिकरण गरेकोप्रति आयोजक टोलीलाई धन्यवाद दिनुभएको थियो। साथै आयोजक टोलीलाई आगामी दिनको लागि शुभकामना दिदै उहाँले विभिन्न विद्यालयको प्रतिनीधित्व गरेर सहभागी भएका विद्यार्थीहरुलाई आभार व्यक्त गरे।
कर्यक्रमको विशिष्ट अतिथि एवं क्याम्पस प्रमुख सुमित्रा कोइरालाले विद्यार्थीहरुले संचालन गरेको सो तालिमबाट सिक्ने र सिकाउने दुवै लाभान्वीत हुने कुरा व्यक्त गरिन्।
त्यस्तै सहभागिहरुले तालिमबाट आफुहरुले धेरै कुराको ज्ञान प्राप्त गरेको र सिकेका कुराहरु आफ्नो दैनिक जिवनमा आत्मसाथ गर्ने विश्वास व्यक्त गरे ।
कर्यक्रममा संजीवनी कलेज अफ मेडिकल साइन्सेजका प्रशासकीय अधिकृत राजु अर्याल, तालिम संयोजक सह प्रा.मदन पन्थी, सह प्रा.सलिला गौतम, उपप्राध्यापक कमल गौतम, दिपक बेल्बासे लगायतको उपस्थीती रहेको थियो भने विध्यार्थीहरु गुन्जन ढकाल, पुष्पा रानाभाट र कमला कुवँरको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।