शान्ति नमुनामा खेल सप्ताह

881

शान्ति नमुनामा खेल सप्ताह


बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा आईतबारदेखि दिवा समुहमा खेल सप्ताह शुरु भएको छ ।
आईतबार भएको १ सय मिटर दौडमा छात्रतर्फ कक्षा ६ मा बिक्रम गाहा प्रथम, निखिल बि.क. द्वितीय र आकाश नेपाली तृतीय भएका छन् ।

यस्तै कक्षा ७ मा आषिश गुरुङ्ग प्रथम, सुनिल चौधरी द्वितीय र सागर कार्की तृतीय भएका छन् । यस्तै कक्षा ८ मा सागर खाम्चा प्रथम, निश्चल बि.क. द्वितीय र आयुष काफ्ले तृतीय, कक्षा ९ मा सरोज थारु प्रथम, ईश्वर परियार द्वितीय र अभिषेक पाण्डे तृतीय तथा कक्षा १० मा निशान गाहा प्रथम, सुवास क्षेत्री द्वितीय र अनिल बि.क. तृतीय भएको अतिरिक्त क्रियाकलाप संयोजक शुसिल पाण्डेले जानकारी दिनुभयो ।

यस्तै छात्रातर्फ भएको १ सय मिटर दौडमा कक्षा ६ मा सावित्रा गौडेल प्रथम, अकिंता ढकाल द्वितीय र सिम्रन भुर्तेल तृतीय भएका छन् । कक्षा ७ मा स्नेहा भट्टराई प्रथम, स्नेहा थापा द्वितीय र ममता सुनार तृतीय भएका छन् । कक्षा ८ मा खुस्बु भण्डारी प्रथम, स्नेहा खरेल द्वितीय र निकिता न्यौपाने तथा आविस्का जैशी तृतीय भएका छन् । यसैगरी कक्षा ९ मा रेजिना शर्मा प्रथम, प्रभा पोखरेल द्वितीय र निरुता कार्की तथा अन्जना चौधरी तृतीय भएका छन् भने कक्षा १० मा बिनिता श्रेष्ठ प्रथम, रन्जु सुवेदी द्वितीय र सलिना खनाल तृतीय भएका छन् ।

त्यसैगरी आइतबार नै सिनियर तहमा ब्याडमिन्टन र फुटवलका प्रारम्भिक चरणका खेलहरु सम्पन्न भएका छन् भने जुनियर तहमा सुज रेस, इन आउट, स्विट रेस, सुज रेस, म्याथमेटिकल रेस लगायतका प्रारम्भिक चरणका खेलहरु भएका छन् ।

त्यसैगरी १० जोड २ तर्फ भएको स्लो साईकल रेसमा छात्रतर्फ सोभित चौधरी प्रथम, गमन घर्ती द्वितीय र सागर चापागाई तृतीय भएका भने छात्रातर्फ सुरक्षा रेग्मी प्रथम, नविना पौडेल द्वितीय र पूजा न्यौपाने तृतीय भएका छन् । यस्तै घैटो फोड प्रतियोगितामा सुवास सुनार र उषा पोखरेल प्रथम भएका छन् ।

यस्तै वक्तृत्वकला प्रतियोगितामा सुनिल नेपाली प्रथम, साकिर आलम द्वितीय र भावना भट्टराई तृतीय भएका छन् ।