संविधानप्रतिको भ्रम चिर्न राष्ट्रव्यापी प्रचार अभियान सुरु गर्ने

483

संविधानप्रतिको भ्रम चिर्न  राष्ट्रव्यापी प्रचार अभियान सुरु गर्ने

sambidhan1-800x350

काठमाडौं । सरकारले जनताको संविधान, जनताकै माझमा नामक राष्ट्रव्यापी प्रचार अभियान सुरु गर्ने भएको छ । उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले आइतबार पत्रकार सम्मेलन गर्दै नयाँ संविधानको विषयमा जनतामा रहेको भ्रम चिर्न सोमबारदेखि अभियान सुरु गर्न लागिएको बताए ।

एक महिनासम्म चल्ले अभियानमा जिल्ला, नगरपालिका र गाविस स्तरमा छुट्टाछुट्टै आयोजना गरिने थापाले जानकारी दिए । जनतालाई सरकारको तर्फबाट सूसुचित गराउन उपयुक्त देखिएकोले यस्तो अभियान ल्याइएको उनले थापाको भनाइ छ । संविधान बन्नेवित्तकै सरकार परिवर्तनदेखि दलहरुका आ–आफ्नै परिस्थितिले गर्न नभ्याइएकोले अहिले सुरु गरिएको उनले बताए ।

अभियानको लागि सरकारले पचास लाख रुपैयाँ विनियोजन गरेको छ । ७५ जिल्ला, २ सय १७ नगरपालिका र ३ हजार १ सय ५७ वटा गाविसका केन्द्रमा प्रचार प्रसार अभियान आयोजना गर्न माघ ८ गते नै मन्त्रिपरिषदले निर्णय गरेको थियो ।

सोमबारदेखि लागू हुनेगरी एक महिनासम्म नेपालका सबै जिल्ला, गाविस र नगरपालिकाहरुको आयोजनामा विद्युतीय, छापा र अन्यसमेत सबै सञ्चार माध्यमको सक्रिय सहभागीतामा कार्यक्रम सञ्चालन हुने मन्त्री थापाले बताए ।

संविधानमा मुख्य मुख्य प्रावधानलाई नेपाली भाषा र अन्य स्थानीय भाषामाहरुमा अनुवाद गरी सरल एवं बुझिने ढंगले पुस्तिका, ब्रोसर, पम्प्लेटलगयतका प्रसार प्रसारका सामाग्रीमा वितरण र केन्द्रीय तथा स्थानीय एफएम, टेलिभिजनलगायतका माध्यमबाट प्रसारण गरिने छ ।

सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा विहान साढे आठ बजे कार्यक्रमको उद्घाटन हुने मन्त्रालयले जानकारी दिएको छ ।