नयाँ शैक्षिक सत्र असारदेखि सुरु हुने

1.3K

नयाँ शैक्षिक सत्र असारदेखि सुरु हुने

नयाँ शैक्षिक सत्र असार १ गतेबाट सुरु हुने भएको छ । कोभिड–१९ महामारीका कारण प्रभावित बनेको यो वर्षको शैक्षिक सत्र जेठमा सक्ने र असार १ गते देखि नयाँ शैक्षिक सत्र सुरु गर्ने मन्त्रालयले निर्णय गरेको हो ।
संशोधित शिक्षा नियमावलीलाई आधार मानेर मन्त्रालयले यस्तो निर्णय गरेको हो । एउटा शैक्षिक सत्रमा न्यूनतम १८० दिन पढाउनुपर्छ । सामान्यतयाः वैशाखदेखि शुरू भएर चैतमा शैक्षिक सत्र सकिन्थ्यो । शिक्षा मन्त्रालयले गत असोज १ गतेबाट ‘सिकाइ सहजीकरण निर्देशिका, २०७७’ लागू तथा मूल्यांकन गर्न स्थानीय तहहरुलाई निर्देशन दिएको थियो । तर, असोजबाटै वैकल्पिक सिकाइ प्रभावकारी रुपमा लागु हुन सकेन । सिकाइ सहजीकरणमा विद्यार्थी जोड्न नसकेका विद्यालयहरुले माघ महिनाबाट भौतिक उपस्थितिमा विद्यालय सन्चालन सुरु गरेका थिए ।