बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ११ देविनगरमा रहेको नेपाल अपाङ्ग आश्रममा रहेको अपाङ्गहरुलाई खाना सुवाई सहयोग गरीएको छ । लियो क्लवअफ बुुटवल, लियो क्लवअफ बुटवल खस्यौली, , लियो क्लवअफ बुटवल खस्यौली युथ र , लियो क्लवअफ बुटवल मेट्रोसिटिद्वारा सम्युक्तपमा अपाङ्ग आश्रममा खाना वितरण गरीएको लियो क्लवअफ बुटवल मेट्रोसिटिका पिआरओ नविन पौडेलले जानकारी दिनुभयो ।

कोरोना भाइरस महामारीका कारण आश्रममा समेत खाद्यान्न संकट थपिदै गएको छ । यसअघि पनि विभिन्न व्यक्तिहरुको सहयोगबाट नै आश्रममा रहेकाहरुको खर्च व्यवस्थापन हुँदै आएकोमा लकडाउनले थप मारमा पारेको नेपाल अपाङ्ग आश्रमका अध्यक्ष डोलबहादुर रामदामले वताउनुभयो ।
यस्तै बुटवल झोलुङ्गे पुलमुनी खुल्ला आकासमा वसेका करीव १३ जना व्यक्तिहरुलाई खाना खुवाईएको पौडेलले जानकारी गराउनुभयो ।
कार्यक्रममा लियो डिस्ट्रिक काउन्सिल ३२५ बि २ नेपालका डिस्ट्रिक प्रेसिडेन्ट कुवेर पाठक, लियो डिस्ट्रिक काउन्सिल ३२५ बि २ का एरीया ४ का कोडीनेटर गोविन्द वन्जाडे, रिजन १४ का कोडीनेटर राजिव जंग कुवर, लियो क्लवअफ बुुटवल सिटीका अध्यक्ष राजन पौडेल, लियो क्लवअफ बुटवल खस्यौलीका अध्यक्ष मन्जिल विरशवकर्मा , लियो क्लवअफ बुटवल खस्यौली युथ का अध्यक्ष होमनाथ सापकोटा र , लियो क्लवअफ बुटवल मेट्रोसिटिका अध्यक्ष मनोज गौतम लगायतले खुल्ला आकासमा दिनचर्या विताएका र अपाङ्ग आश्रममा सधैं यसरी नै सहयोग गर्ने वताउनु भयो ।