बुटवल । दीप बोर्डिङ हाई स्कूलले शुक्रबारसदन विभाजन गरेको छ । अतिरिक्त क्रियाकलापलाई व्यवस्थित रुपमा सञ्चालन गर्दैै विद्यार्थीहरूमा अन्तर्निहित क्षमतालाई प्रस्फुटन गर्ने कुरालाई प्रभावकारी बनाउने उद्देश्यले विद्यार्थीहरूलाई रातो, नीलो, हरियो र सेतो सदनमा विभाजन गरिएको कुरा उप प्राचार्य तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुख सुरेन्द्र कुमार शाक्यले बताउनुभयो ।
सदन विभाजनपछि रातो सदनको नेतामा रितिका अधिकारी, नीलो सदनको नेतामा आश्रेया न्यौपाने, हरियो सदनको नेतामा ओजस्वी शर्मा र सेतो सदनको नेतामा कृतिका गौचन छनोट भएका छन् ।
त्यसैगरि रातो सदनको सल्लाहकारमा विकास हमाल र संयोजकमा हेमराज आचार्य, नीलो सदनको सल्लाहकारमा सरिता सोती र संयोजकमा रोहित शाह, हरियो सदनको सल्लाहकारमा जनक पन्थी र संयोजकमा कविता ज्ञवाली,सेतो सदनको सल्लाहकारमा बालकृष्ण पाठक र संयोजकमा बेबी किराँतलाई विद्यालयका प्राचार्य टीकाराम न्यौपानेले सदनको झन्डा हस्तान्तरण गरी जिम्मेवारी प्रदान गर्नुभएको थियो ।
विद्यालयका प्राचार्य टीकाराम न्यौपाने, उपप्राचार्य त्रय कलाधर अर्याल, ज्ञानु थापा र सुरेन्द्र कुमार शाक्यको आतिथ्यतामा सम्पन्न सदन विभाजन कार्यमा रेखा आचार्य, विजय सापकोटा र पुरुषोत्तम पाण्डेयले सहजीकरण गर्नुभएको थियो ।