पुस्तकालयलाई कम्प्युटर प्रदान

1.3K

पुस्तकालयलाई कम्प्युटर प्रदान

बुटवलको नवजाग्रिती पुस्तकालयलाई बुटवल उद्योग बाणिज्य संघका नवनिर्वाचित एशोसियट सदस्य आनन्द वझाले एक थान कम्प्युटर प्रदान गर्नुभएको छ । पुस्तकालयबाट संघमा सहयोगको आग्रह भए भए अनुसार संघको नवनिर्वाचित कार्यसमितिको सम्मानमा विश्व हिन्दु महासंघले आयोजना गरेको कार्यक्रममा वझाले कम्प्युटर प्रदान गर्ने घोषणा गर्नुभएको हो ।
त्यसै अवसरमा संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल सहित ८ जनाले विश्वहिन्दु महासंघको आजिवन सदस्यता समेत लिनुभएको छ ।